Breaking News

आइसिटी लिडरशीप २०७४ बाट बीरेन्द्र मिश्र, दीपक कार्की र निरञ्जन पटेल सम्मानित

Feb Tue 2020 05:40:24

468 views

आइसिटी लिडरशीप २०७४ बाट बीरेन्द्र मिश्र, दीपक कार्की र निरञ्जन पटेल सम्मानित
आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव २०७४ को अवसरमा आइसिटी तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका आधा दर्जन व्यक्तित्वहरु आइसिटी सम्मान २०७४ द्धारा सम्मानित भएका छन् । आइसिटी लिडरसीप सम्मान बीरेन्द्र मिश्रलाई सम्मानित हुनेहरुमध्ये नेपाल सरकार विज्ञान मन्त्रालय सूचना प्रविधि बिभागका पूर्व महानिर्देशक बीरेन्द्र कुमार मिश्र आइसिटी लिडरशीप सम्मान २०७४ बाट सम्मानित भएका छन् । मिश्रले तीन दशकदेखि नेपाल सरकारको बिभिन्न निकायको बिभिन्न तहमा रही सरकारी सेवामार्फत नेपालको सूचना प्रविधि क्षेत्रमा विशेष योगदान पु¥याउनुभए वापत सम्मानित गरिएको सम्मान व्यहोरामा उल्लेख छ । दीपक कार्की युथ लिडरशीप सम्मानबाट सम्मानित सामाजिक क्षेत्रमा युवा वर्गको नेतृत्व लिदै उल्लेखनिय काम गरेका कारण दीपक कार्की आइसिटी युथ लिडरशीप सम्मान २०७४ बाट सम्मानित भएका हुन् । समाज रुपान्तरण र देश विकासका लागि विगत दुई दशकदेखि विविध सामाजिक सेवामार्फत महिला उद्यमशीलता, ससक्तीकरण, युवा र वालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभए वापत सम्मानित भएका हुन् । Dipak Karki को फोटो। निरञ्जन पटेललाई आइसिटी युथ आन्टरप्रिनयरसीप सम्मान आइसिटी युथ आन्टरप्रिनयरसीप सम्मान २०७४ बाट निरञ्जन पटेल सम्मानित भएका छन् । एसइओको क्षेत्रबाट नेपालको सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाए वापत पटेललाई आइसिटी युथ आन्टरप्रिनयरसीप सम्मान प्रदान गरिएको हो । कुनैपनि वस्तु उत्पादन तथा सेवाहरुको जानकारीलाई इन्टरनेटमार्फत प्रवद्र्धन गर्ने काम नै एसइओ हो, अर्थात कन्टेन्टहरुको वेभ प्रवद्र्धन टुल्सको रुपमा एसइओ प्रयोग हुर्दै आएको छ । सम्मानित हुनुेहरुमा डा. सुभास घिमिरे, युवा नेता इन्द्रमान महर्जन, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ र इन्दिरा घले, लागूओषध विरुद्धको सामाजिक अभियन्ता तथा टान्सफरमेसन नेपालका निर्देशक सन्तोष घिमिरे लगायत थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?