र्याम
सामसुङ ग्यालेक्सी एस ९ फोनमा चार जीबीको र्याम राखिएको छ । फोन १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ । फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोससर राखिएको छ ।
सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६ जीबीको र्याम राखिएको छ । फोनमा १० एनएम प्रोससरको प्रयोगबाट अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोसेसर राखिएको छ ।
व्याट्री
सामसुङ ग्यालेक्सी एस ९ फोनमा ३ हजार एमएएच व्याट्री छ । फोनमा वायरलेस चार्जिङको सुविधा पनि छ ।
सामसुङ ग्यालेक्सी एस ९ प्लसको व्याट्री सामसुङ ग्यालेक्सी एस ९ को व्याट्रीभन्दा बलियो र टिकाउ छ । किनकी यसमा ३ हजार ५ सय एमएएचको व्याट्री राखिएको छ । यसमा पनि वायरलेस चार्जिङको सुविधा छ ।
मूल्य
सामसुङ ग्यालेक्सी एस ९ फोनको सबैभन्दा कम मूल्य ७२० डलर छ । यसको नेपाली रुपैयाँ ७४ हजार ६५४ रुपैयाँ हुन आउँछ ।
सामसुङ ग्यालेक्सी एस ९ प्लसको सबैभन्दा कम मूल्य ८४० डलर छ । यसको नेपाली रुपैयाँ ८७ हजार ९६ रुपैयाँ हुन्छ ।