Breaking News

बाबुरामको नयाँ शक्ति निर्माण अभियानसँगै विप्लपको शक्ति प्रर्दशन र जनसरकार घोषणा

Feb Tue 2020 05:40:52

350 views

बाबुरामको नयाँ शक्ति निर्माण अभियानसँगै विप्लपको शक्ति प्रर्दशन र जनसरकार घोषणा

बाबुरामको संयोजकत्वमा नयाँ शक्ति निर्माण अभियान घोषणा

 Baburam-Bhattarai

धानीमा दुई दिनसम्म चलेको भेलाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनाएको छ ।

दुई दिने भेलाको समाप्तिपछि मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई संयोजकका रुपमा प्रस्तुत भए ।

डा.भट्टराईको संयोकत्वमा गठित समितिले ७५ वटै जिल्लामा नयाँ शक्ति निर्माण अभियान सञ्चालन गर्ने र प्रारम्भिक सदस्यता वितरण गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अभियानका नेता सुनिल पौडेलले अबको दुई महिनामा प्रचारात्मक, संगठन र आन्दोलनका कार्यक्रम सञ्चालन गरिने बताए ।

नयाँ शक्ति अभियानले हाललाई कार्यविभाजन भने एमाओवादीको जस्तै १३ प्रदेश अनुसार नै गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?