

आज लगानी गरेर भोलि नै प्रतिफल चाहने सोचका कारण आइसिटी क्षेत्र र आइसिटी मिडियामा एकल भ्वाइस स्थापित हुन सकिरहेको छैन त्यसका लागि हामी एकजुट भएर आइसिटी पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने खाँचो खट्किएको छ ।आइसिटीमा भाषण गरेर इभेन्ट कन्फरेन्स आयोजना र टेक्नोलोजी भित्र्याएर मात्र आइसिटीको विकास सम्भव छैन । युवा पुस्तालाई आइसिटी अवसर दिदै समग्र सूचना प्रविधिको विकासमा लगानी खर्चिन हो भने आइसिटी सूचनालाई आम नागरिकको पहुँचमा पुर्याउन प्रिन्ट, अनलाइन र सोसल मिडिया माध्यमलाई प्रयोगमा ल्याउनुमा नै बुद्धिमानी हुने आइसिटी पत्रकार उप्रेतीको तर्क छ ।
चौथो वार्षिकोत्सव अवसरमा बोस्टर मिडियाको स्मारिका बिमोचन समेत गरिएको थियो । त्यस्तै बोष्टर मिडिया राष्ट्रिय सम्मान २०७४ बाट कृषि उद्यमी तथा अभियन्ता जयकला बस्नेत, स्वास्थ्यकर्मी डा। रुपा झा, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, शैक्षिक क्षेत्रका प्रशिक्षक विनोद कार्की, ब्युटीसयन रस्मिला श्रेष्ठ, सामाजिक अभियन्ता आनी भिमसुवा गुरुङ, युवा व्यवसायी संजीव गिरीलाई सम्मानित गरिएको थियो ।