Breaking News

क्यान कमटेक २०१६ को रफ्तार अन्तिम चरणमा : विशेष आकर्षण स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी जानकारी

Feb Tue 2020 05:40:23

315 views

क्यान कमटेक २०१६ को रफ्तार अन्तिम चरणमा :  विशेष आकर्षण स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी  जानकारी

क्यान कमटेक २०१६ को विशेष आकर्षण स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी  जानकारी रहने क्यानले जनाएको छ ।

काठमाडौँ । सूचना तथा संचार प्रविधिको क्षेत्रको प्रर्वधन र बिकास गर्ने उदेश्यले आगामी भाद्र २३ देखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा  आयोजना गरिने 'क्यान कमटेक २०१६' को तयारी अन्तिम चरणमा रहेको क्यान महासंघले राजधानिमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको छ  ।
क्यान कमटेक २०१६ को प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् । विश्व विख्यात एण्ड्रोइड मोवाइलका नयाँ प्रविधिहरु यस प्रदशनीका प्रमुख आकर्षण रहने छन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ ।
सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०। र विद्यार्थीका लागि रु २५ । तोकिएको साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यानले जनाएको छ । 
" सुबिसु क्यान कमटेक २०१६ मा, जम्मा ८७ (सानो र ठूलो गरि) वटा स्टलहरु रहनेछन् ।  हाल सम्म सबै स्टल बुकिङ्ग भइसकेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।binod
can 2016 commtech
क्यान कमटेक २०१६ को यस संस्करणमा सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणिकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सहयोग पुर्‍याएका छन् ।
प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् । विश्व विख्यात एण्ड्रोइड मोवाइलका नयाँ प्रविधिहरु यस प्रदशनीका प्रमुख आकर्षण रहने छन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ ।
 सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०। र विद्यार्थीका लागि रु २५ । तोकिएको साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यानले जनाएको छ ।
क्यानले यस पटकको प्रदशनीमा १ लाख ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरेको छ । साथै क्यान महासंघको सबै जिल्ला शाखाहरुको प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । नयाँ नेपाल अर्थात ई–नेपाल निर्माणका लागि सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच पुग्न जरुरी रहेको तथा यस क्यान कमटेकले त्यसतर्फ सहयोगी बन्न सक्ने क्यान महासंघका महासचिव विश्व राम बलामीले बताए ।
 CAN biswa
क्यानले बर्षेनी नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धनका लागि सुचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरु गर्दै आएको बताएको छ । यस पटकको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि एण्ड सलुशन , हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यानले जनाएको छन् । प्रदर्शनीको टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सर सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” रहने महासंघले जनाएको छ ।
 त्यस्तै प्लाटिनम स्पोन्सरमा वेबसर्फर, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा जेटिआइ स्मार्ट फोन सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान तीनवटै कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ कार्यक्रमहरुको टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेका छन् ।met can

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?