Breaking News

रामेछापबाट क्षेत्रीय सभापतिमा जोशिला युवा बिनोद कार्की

Feb Tue 2020 05:40:13

290 views

रामेछापबाट क्षेत्रीय सभापतिमा जोशिला युवा बिनोद कार्की

देशैभरि नेपाली कँग्रेसको १३ औं महाधिवेसनको सरागर्मी चलिरहेको छ । १३ महाधिवेसन चलिरहदा नेपाली कँग्रेसभित्र अपूरणीय क्षति समेत भयो । नेपाली कँग्रेसका सरल, सादा तथा उच्च विचारका लिडर एवं पूर्व प्रधानमन्त्री शुशील कोइरालाको असमायिक निधन हुन पुग्यो । जसले नेपाली कँग्रेसको १३ महाधिवेसनलाई केही असहज बनाइदियो तर पनि शोकलाई शक्तिमा बदल्दै आम नेपालीको आवाज बुलन्द गर्ने प्रजातान्त्रिक परिपाटी अनुसार महाधिवेसन प्रक्रिया अगाडी बढिरहेको छ । हाम्रालाई होइन राम्रा र नेतृत्वका लागि भिजन भएका व्यक्तित्वलाई प्राथमिकता दिने नीति अनुसार नेपाली कँग्रेसको १३ औं महाधिवेसन चलिरहेको छ । गाउँ जिल्ला क्षेत्र हुदै केन्द्रसम्म प्रजातान्त्रिक पद्दतिअनुसार नेतृत्व चयन भइरहेको छ । १३ औं महाधिवेसनको एउटा विशेषता भनेको युवा पुस्ताभित्रको नेतृत्व बनेको छ । अधिकांश गाउँ जिल्लाबाट युवा सक्षम नेतृत्व अगाडी आएको छ । त्यस्तै सक्षम नेतृत्व रामेछाप क्षेत्र नं २ बाट बिनोद कार्कीbinod kark क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । विगत लामो समयदेखि रामेछाप क्षेत्र नं २ मा नेपाली कँग्रेसको सिद्धान्तअनुसार अहोरात्र राजनीतिमा लाग िपर्नुभएको कार्की सादा जीवन उच्च बिचारको व्यक्तित्वमा गनिनुहुन्छ । आफ्नो लागि भन्दा पनि देश र जनताको लागि काम गर्ने सोचको पार्टीको सिद्धान्त र उद्देश्यअनुरुप राजनीतिमा होमिनुभएका विनोद कार्की रामेछाप क्षेत्र नै २ बाट क्षेत्रीय सभापतिको पदमा निर्वाचित हुनुमा उहाँको सफल राजनीतिक छवि र नेपाली कँग्रेसको उद्देश्य सिद्धान्तप्रतिको प्रतिबद्धता नै हो । pnरामेछाप क्षेत्र नं २ का जनताको सामाजिक एवं आर्थिक जीवनस्तर उकास्नका लागि केन्द्रिय तहसम्म राष्टिय पहुँचका लागि अबको आफ्नो क्षेत्रीय सभापतिको भूमिका रहने नवनिर्वाचित विनोद कार्कीले बताउनुभयो । आफूलाई जिल्ला सभापतिको यो जिम्मेवारीका लागि सहयोग पुर्याउने गाउँदेखि जिल्लास्तरसम्मका सबै पार्टी पंक्तिका नेपाली कँग्रेसका सबै साथीहरुलाई विशेष धन्यवाद समेत कार्कीले दिनुभएको छ । देश र जनताको हितका लागि पार्टीको उद्देश्य र सिद्धान्तअनुसार काम गर्दै अन्य राजनीतिक पार्टीका जिम्मेवार व्यक्तिहरुसँग सहकार्यकासाथ अगाडी बढ्ने प्रतिबद्धता समेत बिनोद काकीले व्यक्त गर्नुभएको छ । नातागोता र आफ्नो स्वार्थभन्दा माथि रहेर देश र जनताका लागि काम गर्ने मनोभावना सहित सफल कार्यकालको लागि हामी सबैको शुभेच्छा छ युवा नेतृत्व बिनोद कार्कीको क्षेत्रीय सभापतिको जिम्मेवारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?