Breaking News

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

Feb Wed 2020 02:40:47

849 views

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ
फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए। सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए। सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताए। मन्त्री बाँस्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताए । सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेकोले नेपालमा पनि यो व्यवस्था गर्न लागेको उनले बताए । ‘चाहे फेसबुक होस्, चाहे ट्वीटर होस्, चाहे वीच्याट, इमोको होस्, चाहे गुगलको होस् । अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ? उनले भने ‘स्वतन्त्रताका नाममा एउटा शब्दाबलीभित्र जे गरे पनि हुन्छ भन्ने हुन्न । हाम्रो पनि स्वाभिमान छ, हाम्र्रो देश हो, हाम्रो जनता हुन्, त्यसैले हामीले यो व्यवस्था गरेको हो ।’ सरकारले संसदमा पेश गरेको ुसूचना प्रविधको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकुमा राखिएको सामाजिक सञ्जाल सञ्चालकले सूचना प्रविधि विभागमा दर्ता हुनुपर्ने प्रावधान राखिएको छ । कतिपयले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा खाता खोल्ने सामान्य प्रयोगकर्ताहरूले समेत सरकारको अनुमति लिनुपर्ने रूपमा त्यसलाई अर्थ्याएका थिए। केहीले भने सामाजिक सञ्जालबाटै सरकारले 'अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन लागेकोु भन्दै आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?