Breaking News

एनसेल एप क्याम्प प्रतियोगितामा ‘अन्नेम्ड समूह’ उत्कृष्ट बिजेता

Feb Tue 2020 05:40:36

359 views

एनसेल एप क्याम्प प्रतियोगितामा ‘अन्नेम्ड समूह’ उत्कृष्ट बिजेता

एनसेल एप क्याम्प प्रतियोगितामा मनोरञ्जन विधाको प्रतियोगी ‘अन्नेम्ड समूह’ उत्कृष्ट बिजेता बन्दै ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।

शितल कुमार महर्जन टिम लिडर रहेको अन्नेम्ड समूहमा बिबेक शाही ठकुरी, मनिष श्रेष्ठ र प्रवेश मानन्धर रहेका थिए ।

एप क्याम्पमा मनोरञ्जन विधासहित पर्यटन, स्वास्थ्य र युटिलिटिज गरी चार समूहमा प्रतिस्पधाई गराइएको थियो । प्रतियोगीमध्ये सबैभन्दा राम्रो एप बनाउने समूह विजयी भएका हुन् ।पर्यटन विधामा ‘पिन पिक्स’, स्वास्थ्य विधामा ‘स्किन कन्सल्ट’ र युटिलिटिज विधामा ‘निडर’ समूह विजयी भएका छन् । यी विजयी समूहले २ लाख ५० हजार रुपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?