एउटा कम्प्युटरले हजारौँ मानिसहरुको काम एक्लैले भ्याइदिन सक्छ, त्यो पनि केही मिनेटमै । विप्रोले ज्याभिक नामको आर्टिफिसियल इन्टेलिजेन्स टूलको विकास गरेपछि अब यो सम्भव हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स टूलले अब बिपेका ३ हजार इन्जिनियरको जागीर गुम्ने भएको छ ।
ज्याभिक नामको उक्त आर्टिफिसियल इन्टेलिजेन्स टूललाई बिप्रो कम्पनीले ग्राहकलाई बेच्ने तयारी समेत गरेको छ । जसबाट कम्पनीलाई ४ करोड ६५ लाख डलर मुनाफा प्रदान गर्ने अनुमान गरिएको छ ।