Breaking News

फेसबुक भिडियो च्याट बन्द हुदै

Feb Tue 2020 05:40:58

636 views

फेसबुक भिडियो च्याट बन्द हुदै
फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो । मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् । फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?