Breaking News

साईबर क्राईम कसरी हुन्छ ? कानुनी उपचार के

Feb Tue 2020 05:40:20

1410 views

साईबर क्राईम कसरी हुन्छ ?  कानुनी उपचार के

अधिकांश साईवर अपराधको बारेमा मान्छे अनविज्ञ हुन्छ । अपराध भइरहेको थाहा पाए पनि मानिसहरू रिपोर्ट गर्न हिचकीचाउछन् । नेपालको सन्दर्भमा हेर्ने हो भने साईवर अपराध अन्तरगत कुनै घटना घट्यो भने त्यो राज्यपक्षको घटना हुन्छ र त्यसको उजुरी प्रहरीमा गरिन्छ । प्रहरीमा गैसकेपछि प्रहरीले त्यसलाई सरकारवादी मुद्धाको रूपमा अध्ययन गर्छ । केसको प्रकृति हेरी सरकारी वकिलको कार्यालयसँग छलफल गरेर रिपोर्ट बनाएर अदालतमा पेस गर्ने गर्दछ । र कारबाहीको प्रक्रिया अगाडि बढाउँछ ।

नेपालमा प्रचलित साईवर कानुन भनेको विद्युतीय कारोबार ऐन २०६३ हो । यस कानुनले न्यायधिकारको अवधारणालाई स्वीकार गरेको छ । एक पटक जाहेरवालाले प्रहरीमा उजुर गरेपछि व्यक्तिगत रूपमा ऊ मुक्त हुन्छ र यो प्रक्रिया सरकारले नै अगाडि बढाउँछ । यसको दण्ड जरिवान तीन किसिमको हुन्छ । एउटा भनेको कुनै पक्ष सूचना प्रविधिको आक्रमणबाट उसको सूचना–सम्पदाहरू नोक्सान भयो भने त्यस्तो अवस्थामा त्यसबाट भएको नोक्सानी पीडकबाट क्षतीपूर्ति भराउने व्यवस्था छ, अर्को भनेको अनलाईमा कुनै अश्लील प्रकाशन गर्‍यो भने त्यसलाई पहिलो पटक पाँच वर्ष जेल सजाए अथवा एकलाखसम्मकोजरिवाना वा दुवै, र फेरि पनि त्यस्तै कार्य दोहोर्याएमा त्यसको डेढी सजाए दिने व्यवस्था छ । त्यस्तै अर्को देवानी प्रकृतिको मुद्धामा पनि जेल सजाए छ जस्तै कसैले कसैको सूचना चोरी गर्‍यो भने, सूचना नष्ट गर्‍यो भने कसैको सिस्टम ह्याक गर्‍यो भने त्यस्तो अवस्थामा तीन लाखसम्म जरिवाना र अधिकतम दुई वर्षसम्मको जेल सजाएको व्यवस्था गरिएको छ । थाहा पाएको ३५ दिनभित्र उजुरी गर्नु पर्छ ३५ दिनभन्दा पछि उजुरी गर्‍यो भने त्यो मान्य नहुने प्रावधान छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?