Breaking News

‘चलेछ बतास सुस्तरी’मा हट सुष्माको रुप (हेर्नुस् मनछुने गीत)

Feb Tue 2020 05:40:34

575 views

‘चलेछ बतास सुस्तरी’मा हट सुष्माको  रुप (हेर्नुस् मनछुने गीत)

स्क्रिप्ट राईटर प्रदिप भारद्धाजले निर्माण गरेको फिल्म ‘चलेछ बतास सुस्तरी’को शिर्ष गीत रिलिज गरिएको छ । गीतमा फिल्मकी अभिनेत्री सुष्मा कार्की र अभिनेता प्रमोल भारद्धाजको ‘क्यामेस्ट्री’ देख्न सकिन्छ् ।

[embedyt] http://www.youtube.com/watch?v=2HK_vRaf3nM[/embedyt]

विकास चौधरीको संगीतमा स्वरुपराज आचार्य र प्रविशा अधिकारीको स्वर रहेको यो गीतको भिडियोलाई निकै मिहनेतका साथ खिचिएको निर्माता भारद्धाजले बताए । केही दिनअघि टेलिभिजनबाट प्रिमियर गरिएको यो गीतले फिल्म क्षेत्रमा राम्रो प्रतिक्रिया पाइरहेको थियो । हरि घलेले खिचेको यो गीतलाई दर्शकले मनपराउन सक्छन् । भिडियोमा देखिने दृश्यले दर्शकको मन छुन सक्छ । susma karki भिडियोमा ‘हट’ छवि बनाएकी सुष्मालाई निकै फरक अवतारमा देख्न सकिन्छ । यो फिल्म सुष्माको करिअरकै ‘टर्निङ पोइन्ट’ हुनसक्ने निर्माता भारद्धाजको दाबी छ । फिल्मलाई सबु सुवेदी र अनिला खड्काले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?