Breaking News

आयो फेसबुकको Reaction वटन नयाँ फिचर

Feb Wed 2020 02:40:19

425 views

आयो फेसबुकको Reaction वटन नयाँ फिचर
फेसबुकले धेरै समयदेखि चर्चामा आएको ‘रिएक्सन (Reaction)’ फिचर विश्वभरी लागू हुने गरी सार्वजनिक गरेको छ। यस फिचरको माध्यमबाट फेसबुक प्रयोगकर्ताले पोस्टहरु, फोटो वा भिडियोमा लाइकबाहेक ५ वटा नयाँ छुट्टै रिएक्सन आइकनको माध्यमबाट प्रतिक्रिया दिन सक्छन्।
फेसबुकले यी छ नयाँ इमोजी बटनहरुको बारेमा केही समययतादेखि नै परीक्षण गरिरहेको थियो। प्रयोगकर्ताहरुले डिस्लाइक (Dislike) बटनको इच्छा राखेको भएपनि यी नयाँ आइकनमा यसको सुविधा छैन। आफ्नो नराम्रो प्रतिक्रियाका लागि यसमा Angry (रिसाएको) बटन छ।
यी नयाँ इमोजीहरु Haha, Love, Wow, Angry र Sad हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो अाफ्नो एकाउन्टमा विस्तारै अपडेट हुँदै जाने र फेसबुकले एक पोस्टमा सुरुमा यी इमोजीहरु हाल लाइकमा भएजस्तै गरी प्रयोग हुने र पछि भने यही रिएक्सनका आधारमा कस्तो किसिमको कन्टेन्ट हेर्न चाहने भन्ने निर्धारण गरिने योजना बनाएको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?