Breaking News

वर्डप्रेस सम्मेलन वल्र्डक्याम्प २०१५ को निष्कर्ष :सूचना प्रविधिमा राज्यले लगानी गर्नुपर्ने

Feb Tue 2020 05:40:32

577 views

वर्डप्रेस सम्मेलन वल्र्डक्याम्प २०१५ को निष्कर्ष :सूचना प्रविधिमा राज्यले लगानी गर्नुपर्ने

काठमाडौँ । प्रविधिको विकासबारे युवालाई ज्ञान दिन सकिएमा भविष्य उज्ज्वल हुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ ।

वल्र्ड प्रेस नेपालद्वारा आज ललितपुरमा आयोजित ओपेन सोर्स सफ्टवेर वर्ड प्रेससम्बन्धी छलफलका सहभागीहरुले सूचना प्रविधिमा राज्यले लगानी वढाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा भारत, अष्ट्रेलियासहित विभिन्न देशका २०० भन्दा बढी स्वदेशी तथा विदेशी विशेषज्ञले भाग लिइरहेका छन् । वर्ड प्रेस सेक्युरिटी, वर्ड प्रेस थिम र वर्ड प्रेसको महत्व तथा प्रयोगलगायत विषयमा थुप्रै कार्यक्रममा प्रशिक्षण दिइएको थियो । संस्थापक अध्यक्ष उज्ज्वल थापाल नेपाललाई विश्वको सूचना प्रविधिको सफ्टवेयर क्षेत्रमा पहिचान गराउन सशक्त भूमिका खेलिरहेको विचार व्यक्त गर्नुभयो ।

संस्थाका कार्यकारी निर्देशक सुवास खड्काले वर्ड प्रेस सिकेर आफ्नो भविष्य उज्ज्वल बनाउन चाहने नेपाली युवालाई हरेक महिनामा वर्ड प्रेससम्बन्धी तालिम र ‘वर्डप्रेस मिट’ पनि गर्दै आएको जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?