Breaking News

फेसबुकको प्रोफाइल पिक्चरको ठाउँमा अब यसरी भिडियो राख्नुहोस

Feb Wed 2020 02:40:30

819 views

फेसबुकको प्रोफाइल पिक्चरको ठाउँमा अब यसरी भिडियो राख्नुहोस

काठमाडौं।  फेसबुकले आफ्ना प्रयोगर्ताका लागि नयाँ सुविधा थपेको छ। फेसबुकले प्रयाेगकर्ताकाे प्रोफाईल पिक्चरको सट्टामा  अब ७ सेकेन्डको अडियो सहितको भिडियो पनि राख्न मिल्ने सुविधा दिएको हाे। यो सुविधा अहिले  एप्पलका आइओएस अपरेटिङ् सिस्टम भएका आइफोन र ट्याबलेट प्रयोगकर्ताका लागिमात्र उपलब्ध रहेको छ भने एन्ड्रोइड अपरटिङ् सिस्टम भएका मोबाइललाई भने पछि आउने भएको छ। त्यस्तै कम्प्युटर,ल्यापटप तथा ट्याबमा पनि तत्काल उपलब्ध नहुने बताईएको छ। यो सुविधा अद्यावधिक प्रयोगकर्ताका लागि आफ्नो प्रोफाइलमा राख्न मिल्दछ र फेसबुकमा आफ्नो प्रोफाइल को शीर्ष या एक नयाँ अनुकूलन ठाँउमा थप्न मिल्दछ। कसरी परिवर्तन गर्ने फोटोबाट भिडियो भएकाे प्राेफाइल आफ्नो आइफोनमा रहेको फेसबुक एपमा जानुहोस त्यसपछि आफ्नो प्रोफाइल पिक्चर राख्ने ठाउँमा जानुहाेस।  त्यसपछि आफ्नो फोटो भएको ठाउँमा क्लिक गर्नुहोस अनि त्यहाँ तपाइलाई अप्सन दिनेछ फेसबुकले फोटो हाल्ने की भिडियो हाल्ने भनेर। अनि भिडियो चुज गर्नुहोस र आफूले पहिले नै खिचेको वा तत्कालै पनि भिडियो खिच्न सकिन्छ।  तर विचार गर्नुहोस सात सेकेन्डभन्दा धेरैको भयो भने फेसबुकले राख्न मान्दैन र सचेत गराउँछ। सात सेकेन्डभन्दा धेरै समयको भयो भने आफूलाई मन परेको ठाँउँको भिडियो राख्न ट्रिम गर्नुहोस चाहेको ठाउँको भिडियो तपाईले राख्न सक्नुहुनेछ। त्यसपछि सो भिडियोलाइ थम्बनेल गरि सेभ गर्नुहोस अनि तपाइको प्रेफाइल पिक्चर भएको ठाउँमा भिडियो आउँनेछ र सँगै तपाइको न्युन फिडमा पनि देखिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?