Breaking News

सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईद्धारा आइसिटी मानवअधिकार र सामाजिक क्षेत्रका व्यक्तित्वहरु आइसिटी सम्मान २०१५ बाट सम्मानित

Feb Tue 2020 05:40:45

328 views

सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईद्धारा आइसिटी मानवअधिकार र सामाजिक क्षेत्रका व्यक्तित्वहरु आइसिटी सम्मान २०१५ बाट सम्मानित

आइसिटी पत्रकार मञ्चको पाँचौ वार्षिकोत्सव तथा अन्तरक्रिया सफलतापूर्वक सम्पन्न

  • साधना बस्नेत/ काठमाडौं_MG_1061

आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वार्षिकोत्सव अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सगै आइसिटी सम्मान २०१५ कार्यक्रम सम्पन्न भएको छ ।

_MG_0791

कार्यक्रममा प्रमुख अतिथि माननीय सूचना तथा सञ्चार मन्त्री शेरधन राईलाई आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।_MG_1036

सञ्चार मन्त्री राईले यस वर्षको आइसिटी अवार्ड २०१५ बाट मानवअधिकार काउन्सिल नेपालका अध्यक्ष तुलसी थापालाई प्रदान गनुभएको छ । _MG_0797त्यसैगरी आइसिटी पत्रकारीता सम्मान २०१५ न्युज ट्वान्टी फोर का समाचार प्रमुख तथा पत्रकार प्रेम बानियालाई प्रदान गरिएको छ । _MG_0807आइसिटी सम्मान २०१५ बाट सम्मानित हुनेहरुमा

जि.वि. स काठमाडौंका बरिष्ठ सामाजिक कार्यक्रम अधिकृत दीपक केसी

_MG_0864

इमान्दार र वफादर रही राष्ट र नागरिक सेवामा एक दशकभन्दा लामो समयदेखि प्रहरी अधिकृतको भूमकाबाट योगदान पर्याउनुभएका नेपाल प्रहरीका नायब उपरीक्षक श्री हेम कुमार थापालाई सम्मान गरिएको थियो ।

रामशरण पाण्डे आइसिटी एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष

_MG_0822 आइटीएस नेपालका संस्थापक नारायण न्यौपाने

_MG_0827डा.सुभास घिमिरे,

_MG_0835ऋषिकेश तिवारी

_MG_0844 जिल्ला खेलकुद विकास समिति युवा सूचना केन्द्रका लीलाराम बस्नेत

_MG_0856 लागू औषध नियन्त्रण कार्यक्रमका प्रमुख खड्ग बहादुर श्रेष्ठ

_MG_0871 टान्स्फरमेसन नेपालका अध्यक्ष सन्तोष घिमिरे

_MG_0877युवा समाजसेवी तथा शुसासनका राम भटराई

_MG_0882महिला रेडियो पत्रकारीता क्षेत्रबाट टोमा लामा सम्मानित भएकी छिन् । नेपाल एफ एम नेटवर्क ९१.८ को आवाज कार्यक्रम निर्माता तथा सञ्चालिका टोमा लामाले दुर्ग क्षेत्रका महिलाको हक अधिकार र समाज विकासका लागि एक दशकदेखि रेडियो पत्रकारीता मार्फत योगदान पुरयाउदै आउनुभएको छ ।

_MG_0888पुनम देव,_MG_0906

लोकेन्द्र वली

_MG_0898

पुष्पराज काफ्ले, _MG_0914युवा आइसिटी व्यवसायी मोहन खतिवडा

_MG_0918लाई सञ्चार मन्त्रीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी आइसिटी क्षेत्रमा एक दशक लामो समयदेखि योगदान पुर्याउने आइसिटी क्षेत्रका अग्रजहरु क्रमशः

मुनि बहादुर शाक्य,_MG_0922

बीरेन्द्र कुमार मिश्र,

_MG_0935 विप्लवमान सिंह,

_MG_0932डा. सुवर्ण शाक्य,

_MG_0937राजनराज पन्त,

_MG_0942सिएन उपाध्याय, भेषराज पौडेल,

सी पी भटराई _MG_0945लाई टोकन अफ लभ बाट सञ्चार मन्त्रीले सम्मान गर्नुभयो । टोकन अफ लभ सम्मान पाउने सामाजिक क्षेत्रका व्यक्तिहरुमा तारा भटराई, मणि पोखरेल, दीपक कार्की,

वेभ इन्जिनियर सुरेन्द्र बूढाथोकी,_MG_0955 जितेन्द्र जि.सी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायधिवक्ता श्री डम्बर काफ्ले, अभिभारा राष्टिय साप्ताहिक कालीकोटका प्रकाशक तथा सम्पादक नारायण गिरी,

_MG_0966 फरकधार साप्ताहिकका प्रधान सम्पादक महेशजंग कुवँर

_MG_0959र युवा खेलाडी राधिका अधिकारी _MG_0968रहेका थिए । सूचना प्रविधिको सवालहरुमा मिडिया पैरवी गर्ने र आइसिटी प्रिन्ट, अनलाइन, इलेक्टोनिक्स मिडियामा काम गर्ने आइसिटी पत्रकारहरुलाई गोलबन्द गर्दै आइसिटी क्षेत्रको विकासका लागि राष्टिय आइसिटी नीति निर्माणमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यका साथ २०६७ मा स्थापना भएको संस्था हो आइसिटी पत्रकार विकास मञ्च । आइसिटी जनचेतनाको देशव्यापी प्रचार प्रसार गर्दै आइटी विकास बिस्तार प्रवद्र्धन गर्दै र आइसिटी क्षेत्रमा कार्यरत सम्पूर्ण पत्रकारहरुको हकहितका लागि नीति अख्तियार गर्ने र आइटी प्रिन्ट तथा बिद्युतीय छापा प्रकाशन तथा प्रसारणलाई दिगो, स्थायित्व र निरन्तरताको लागि राष्टिय तथा अन्तराष्टियस्तरमा पहल गर्ने लक्ष्य संस्थाको रहेको छ । संस्थाले स्थापनाकालको चौथो वार्षिकोत्सव २०७१ मंसीर २७ गते पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुखि आतिथ्यतामा सूचना प्रविधि विषयक छलफल र आइसिटी सम्मान २०७१ सफलतापूर्वक सम्पन्न गरेको थियो भने संस्थाले पाचौ वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया तथा आइसिटी सम्मान २०१५ कार्यक्रम आयोजना गरेको हो । पाचौ वार्षिकोत्सव अवसरमा आयोजत अघोषित नाकाबन्दीले सञ्चार क्षेत्रमा पुरयाएको प्रभाव विषयक छलफल र आइसिटी सम्मान २०१५ कार्यक्रममा प्रमुख अतिथि माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राई ज्यू, विशिष्ट अतिथि, अतिथि ज्यूहरु आइसिटी क्षेत्रका अग्रजहरु, मानवअधिकार, सामाजिक, स्वास्थ्य, पर्यटन क्षेत्रका व्यक्तित्वहरुलाई संस्थाका महासचीव मुकुन्द ढुंगानाले स्वागत गरेका थिए ।

प्रेस र आइसिटी क्षेत्रको संकट हल गर्ने सञ्चारमन्त्री शेरधन राईको उद्घोष

_MG_1024सूचना तथा सञ्चार प्रविधि मत्री शेरधन राईले सरकार, प्रमुख राजनैतिक दल र मोर्चा बीच अबको वार्ता निर्णायक हुने बताए । अबको वार्ता ब्रेक हुदैन, केही दिनभित्रै निकास निस्कन्छ, नाकाबन्दी खुलाउने कुटनैतिक पहल शुरु भइसकेको छ, सञ्चार मन्त्री शेरधन राईले बताए । आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित अघोषित नाकाबन्दीले सूचना सञ्चार प्रविधि क्षेत्रमा परेको असर विषयक अन्तरक्रिया तथा आइसिटी सम्मान कार्यक्रमका प्रमुख अतिथि शेरधन राईले नेपाल सरकार वर्तमान समस्या समाधानका लागि अलमलमा छैन सरकारले केहीदिनभित्रै गर्ने निर्णायक बार्ताले नाकाबन्दी खुल्ने दाबी गरेका हुन् । अब राष्टिय एजेण्डा र पुर्ननिर्माणमा सरकारको ध्यान केन्द्रत रहने बताउदै अहिले प्रेस जगत संकटमा परेकोले यसको दीर्घकालीन रुपमै समस्या हल गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको छ, सञ्चार मन्त्रीले भने । अन्तरक्रिया कार्यक्रममा क्यान महासंघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघको कमोटिडिज काउन्सिलका को चेयर पर्सन विप्लवमान सिंहले अघोषित नाकाबन्दी विकासको खुट्किलो उक्लदै गरेको आइसिटी व्यवसाय क्षेत्र १० वर्ष पछाडी धकेलिएकोले वर्तमान समस्यालाई तत्काल समाधान गर्नुको विकल्प सरकारको नरहेकोले जनतालाई सरकार छ भन्ने आभास दिन सूचना तथा सञ्चार प्रविधि मन्त्री मार्फत सरकारकारको ध्यानाकर्षण गराउनुभयो ।_MG_1008 प्रिन्ट र इलेक्टोनिक्स मिडियामा संकट चुलिएको छ भने अनलाइन मिडियामा पनि बढ्दो लोडसेडिगले ब्याकअफ नहुदा इन्टरनेटको पहुचबाट टाढा हुने अवस्था आइसकेको छ सिंहले भने । बत्ती छैन, पानी छैन, ग्यास छैन, डिजेल पेटोल मटितेल छैन र दाउरा पनि छैन अब कहिले बन्छ नयँ नेपाल सरकारको ध्यान जाओस वर्तमान समस्या हल गर्न र राजनीतिक निकास दिन र पहिलो प्राथमिकतामा राखियोस सूचना सञ्चार प्रविधिको गुरुयोजनलाई टुगेदर वी क्यान भन्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको अन्तरक्रियामार्फत ध्यानाकर्षण गराए विप्लवमान सिंहले । राष्टिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्यले अघोषित नाकाबन्दीले इलेक्टोनिक्स र प्रिन्ट मिडियामा ठूलो संकट निम्तिएको बताउदै, स्वास्थ्य पर्यटन क्षेत्रलाई पनि नाकाबन्दीले असर पुर्याएकोले समस्या चर्काउनभन्दा पनि समाधानका लागि सरकारले निर्णाय कदमद्धारा नाकाबन्दी खोल्नको लागि पहल तुरुन्त थाल्न सुझाव दिनुभयो ।_MG_0987

अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार प्रेम बानियाले अघोषित नाकाबन्दीले सञ्चार क्षेत्रको इलेक्टिोनिक मिडियामा ठूलो संकट चुलिएको बताउदै नाकबन्दीकै मौकामा राजनीतक स्वार्थमा मिडियाहरु प्रयोगमा आएकोले मिडिया क्षेत्र र पत्रकार सजग हुनुपर्ने बताए । अझ अनलाइन मिडियाहरुमा तराई पहाड र मधेसबीचको दूरी बढाउने शीर्षकका समाचार र अमर्यादित खाले अनलाइन ब्लग पत्रकारीताले पत्रकारीता क्षेत्रको नाक काटिदिएकोमा आफूलाई दुःख लागेको बताए । नाकाबन्दीले रेडियो टेलिभिजनको प्रसारण नै रोक्नुपर्ने अवस्था आइसकेको छ सरकारले यो संकटको समाधान खोज्न के गरिरहेको छ की पहुच र हुने खानेले मात्र मिडिया चलाउ भनेको हो अन्तरक्रिया कार्यक्रममार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई दुःखेसो व्यक्त गरे ।_MG_0982

संवाद डबलीमा आयोजित आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वार्षिकोत्सव समारोहको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभासद जगदीश नरसिंह केसीले वर्तमान सरकारले जनताको न्युनतम आवश्यकतालाई पूर्ती गर्न नसक्नुको मुख्य कारण असफल कुटनैतिक संवाद नै रहेको आरोप लगाए । सहयोगी प्रतिपक्ष लचिलो कग्रेस पार्टी पाउदा पनि अघोेषित नाकाबन्दीलाई सरकारले गम्भीर रुपमा नलिदा देशभर इन्धन, ग्यास खाद्यान्नको हाहाकार मच्चिएकोछ, गरीब निमुख सर्वहारा वर्गको चुल्हो बल्न छोडिसकेको छ । उर्जा संकटले सञ्चार जगत र उद्योग धन्दामा नराम्रो असर मात्र होइन सञ्चालन नै बन्द गनुपरेको अवस्था छ तर सरकार मुकदर्शक भएर बसेको छ केसीले भने । _MG_1016 मानवअधिकारको हनन अघोषित नाकाबन्दीले गरेको छ । सबै राजनीतिक दलको आ आफ्नै स्वार्थले देशमा संकट थपिएको छ । समस्या हल गर्न भन्दा पनि बिभिन्न मिडियामार्फत जातीयता बिरुद्धका विषयहरुलाई उचाल्ने प्रयास भइरहेको छ । मर्यादित पत्रकारीता बद्नामित बनाउने खेल खेल्नेहरुका कारण समस्या लम्बिरहेको छ । यसमा सरकारले गम्भीर रुपमा नलिदा देशमा अहिले इन्धन, ग्यास छैन कालोबजारीले जनताहरुको ढाड सेकाएको छ । हुनेखानेहरुकै चुल्हो बलेको छ । गरीबहरु भोकभोकै छन् । खोई राजनीतिक निकास यहा मानवअधिकार काउन्सिल नेपालका अध्यक्ष तुलसी थापाले सरकारसमक्ष आक्रोश व्यक्त गरे ।_MG_0974 अबको निर्णायक वार्तामा मध्यस्तकर्ताको भूमिका आवश्यक छ त्यसका लागि मानवअधिकार र नागरिक क्षेत्रमा काम गर्ने संस्थाको परामर्श र साथ लिनुपर्यो र मधेसका जायज मागलाई सम्बोधन गरी राष्टिय एकता बलियो बनाए आफै नाकाबन्दी खुल्छ कसैलाई गुहारिरहनुपरेन, थापाले भने ।

कार्यक्रममा एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले अघोषित नाकाबन्दीले सर्वसाधारण सबैभन्दा बढी मारमा परेको बताउदै किन र के का लागि यो अघोषत नाकाबन्दी भइरहेको छ भन्ने कुराको सरकारले जवाफ दिन नसक्दा अहिले भुकम्प पछिको ठूलो मानव संकट नेपालमा परिरहेकोले यसको समाधानका लागि सबै राजनीतिक दल एक भएर राष्टिय समस्या सुल्झाउनुको विकल्प नरहेको सुझाव व्यक्त गरे ।_MG_1002

कार्यक्रममा कलाकार श्रीकृष्ण सिंखडाले नाकाबन्दीले देशमा मानवीय संकट उत्पन्न भएको र नेपाली जनताले इतिहासमै नराम्रो दुःख पाएका बताउदै सरकारले सरकार भएको अनुभुति जनतालाई दिलाउन सरकारको प्रवक्ता सञ्चार मन्त्री शेरधन राईलाई सुझाव दिए। सिंखडाले केही दिनमै राजनीतिक निकासले नाकाबन्दी खुल्ने सकारात्मक संकेत पनि आएको बताए । सञ्चार मिडिया र स्वास्थ्य क्षेत्रमा अघोषित नाकाबन्दीले ठूलो क्षति पर्याएकोले राजनीतिक दलहरुले शर्त बिनाको राजनीतिक संवादबाटै आन्तरिक समस्या हल गर्नपर्नेमा जोड दिए । राष्टिय एकताको लागि सबै राजनीतिक दलहरुलाई एकताको सुत्रमा बाधिन पनि सिंखडाले कार्यक्रमार्फत सरकारलाई सुझाव दिएका छन् ।_MG_0992 कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका प्रमुख कार्यकारी निर्देशक राधेश्याम लेकाल, नेपाय पर्यटन व्यवसायी संघ निटका अध्यक्ष दीपक महतको उपस्थिती रहेको थियो ।_MG_0995

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?