मोबाइलमा नचिनेको नम्बर पनि पत्ता लगाइदिने एप्स आयो
Feb Tue 2020 05:40:43
707 views
माेबाइलमा सबै आफन्त र इष्टमित्रहरुको नम्बर सेभ गरेर नराखेको पनि हुन सक्छ। अझ कहिलेकाँही मोबाइल हराउँदा, बिग्रदाँ वा नयाँ किन्दा पहिला मोबाइलमा सेभ भएका कतिपय नम्बरहरु नहुन पनि सक्छ। यस्तो अवस्थामा अाफुसँग नभएकाे नम्बरबाट फोन अाउँदा कसले गर्यो भनेर सोच्न पर्ने अवस्था हुन सक्छ।
तर अहिले मोबाइलमा नचिनेको नम्बरबाट कल आए त्यो कसको हो भनेर सहजै छुट्याउन मिल्ने मोबाइल एप आएको छ।Truecaller App मार्फत नचिनेका नम्बर पनि कसको हाे भनेर वत्ता लगाउन सकिन्छ भने आफ्नो मोबाइलको सुरक्षा गर्नका लागि नचाहेका स्पाम तथा अज्ञात कलहरुलाई मार्क गर्न पनि सकिनेछ ।
ट्रुकलर एप मार्फत् निम्न कामहरु गर्न सकिन्छ ।
१ कलर आइडीको रुपमाः आफ्नो मोबाइलमा कुनै नम्बर सेभ नभएको भएपनि कसले फोन गर्दैछ भनेर थाहा पाउन सकिनेछ।
२ कलहरु ब्लक गर्नः स्पाम कलरहरु र टेलिबजारका कलहरुलाई ब्लक गर्न र अरु प्रयोगकर्ताले पनि थाहा पाउन भन्नका लागि रिपोर्ट गर्नका लागि।
३ नाम र नम्बर हेर्नः स्थानीय वा विश्वभरीको कुनैपनि नम्बर कसको स्वामित्वमा छ भनेर पत्ता लगाउन यसले मद्दत गर्छ। ट्रुकलर एप प्रयोगकर्ताले नम्बरमा टाइप गर्दा वा मिस कलबाट कपी गरेर ल्याउँदा वा सिधै सर्च बारमा टाइप गर्दा हुन्छ। नम्बर अनुसार देश भने आफैँ सेट हुन्छ । जस्तै ं९७७ नेपालका लागि।
यदि ट्रुकलरले त्यससँग मिल्ने विवरण पत्ता लगाएमा प्रयोगकर्ताले उक्त प्राप्त विवरण हेर्न सक्नेछन्। प्रयोगकर्ताले उक्त नम्बरवालाको नाम हेर्न सक्नुका साथै नम्बर वालाको थप जानकारीका लागि ‘कन्ट्याक्ट रिक्वेस्ट’ पनि पठाउन सक्नेछन्।
ट्रुकलर एपबाट मानिस तथा विभिन्न अफिसहरुको नाम सहजै पत्ता लाग्ने हुदाँ यो निकै सुरक्षित र भरपर्दो छ ।