Breaking News

प्रसव पीडामा छट्पटाइरहेकी श्रीमतीलाई अस्पताल लानु सट्टा श्रीमानले उल्टै ब्लेडले पेट चिर्न थालेपछि

Feb Tue 2020 05:40:39

306 views

प्रसव पीडामा छट्पटाइरहेकी श्रीमतीलाई अस्पताल लानु सट्टा श्रीमानले उल्टै ब्लेडले पेट चिर्न थालेपछि

नयाँ दिल्ली,भारतको उत्तर प्रदेशस्थित पाही गाउँमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक श्रीमानले श्रीमतीलाई प्रसव पीडा हुँदा अस्पताल लानु सट्टा उल्टै उनको पेट ब्लेडले चिरेको बताएका छन् । एजेन्सीका अनुसार ती महिलाका श्रीमान ईदू जड्याहा प्रवृत्तिका रहेका थिए । बिहिबार बेलुका जब उनकी श्रीमती रन्नो बानो घरमा एक्लै थिइन् तब उनलाई प्रसव पिडा सुरु भएको थियो  । श्रीमती पीडाले चिच्याउँदा ईदू आफै ब्लेड लिएर अपरेशन गर्छु भन्दै पेट चिर्न थाले । उनले ब्लेडमार्फत रन्नोको पेटमा थुप्रै ठाउँमा चिरे । रन्नो पीडाले चिच्याउँदा वरिपरिका मानिसहरु हतारिँदै उनको घरमा पुगेको बताइन्छ । मानिसहरु घरमा आउँदै गरेको देखेर ईदू त्यहाँबाट फरार भएका छन् । मानिसहरु पुग्दासम्म पीडा र रक्तस्रावका कारण रन्नो बेहोस भइसकेकी थिइन् । मानिसहरुले एम्बुलेन्स बोलाएर रन्नोलाई अस्पताल पुर्याएका थिए  । पुलिसले यस विषयमा आफूहरुलाई केही पनि जानकारी नभएको बताएको छ । घटना दर्ता भएपछि उचित छानबिन गरी दोषीलाई कारवाही गरिने पुलिसले जानकारी दिएको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?