Breaking News

पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो हुँदै

Feb Tue 2020 05:40:54

362 views

पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो हुँदै
विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टरले पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ संस्था तथा व्यवसायीबीच अन्तरक्रिया र सहकार्यसँगै नयाँ खोज, सुचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापनको अवसर गर्ने विश्वास लिइएको छ । इन्टरनेट जीवनको अंग भईसकेको अहिलेको विश्वमा इन्टरनेटको बढ्दो प्रयोगस“गै कुनै पनि जानकारी क्षण भरमा नै संसारभर फैलिन्छ । सन् १९८० मा पहिलो पटक सर टिम बर्नरस लिले हाइपर टेक्सट ट्रान्सफर प्रोटोकल (एचटीटीपी) को अवधारणा अघि बढाएसँगै यसको सुरुवात भएको जनाएको छ । उनले सन् १९९० मा एचटीएमएल, युआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज बनाएका थिए । तर यो वेब पेज सिमित व्यक्तिको मात्र पहु“चमा थियो । तर पछि बर्नरसले सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू)मा आम सर्वसाधारणमा पहु“च पुर्याएका थिए । इन्टरनेट र बल्र्ड वाइड वेब फरक भएता पनि अचेल तिनलाई संयुक्त रुपमै बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?