Breaking News

अन्त्येष्टि गरेर घर फर्किएलगत्तै मृतकको फोन आएपछि

Feb Tue 2020 05:40:28

210 views

अन्त्येष्टि गरेर घर फर्किएलगत्तै मृतकको फोन आएपछि

एजेन्सी । भारतको केरलाबाट एउटा अनौठो समाचार प्राप्त भएको छ ।

जहाँको कोल्लम जिल्लामा दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टिपछि परिवारका सदस्यलाई फोन आएको छ । केही दिनअघि त्यहाँको मन्दिरमा भएको भीषण आगलागी सय भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यसमा प्रमोद नाम गरेका व्यक्ति पनि परेका थिए । भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार प्रमोद पुतिङ्गल मन्दिरका लागि पटका जम्मा गर्ने ठेकेदारसँग काम गर्दथे । उक्त दुर्घटनामा परेका प्रमोदको शवलाई परिवारले अस्पताल लगेर मृत शरीरको अन्तिम संस्कार गरेर घर पनि फर्किए । तर उनको अन्त्येष्टि गरेर घर पुगेलगत्तै परिवारका सदस्यलाई फोन आयो र उनी दुर्घटनापछि जीवित रहेको पाइयो ।

कसरी जिवित भेटिए ?

मन्दिरमा पटका भण्डार गर्ने स्थानबाटै आगो लागेपछि उनी अचेत भएका थिए । उनको मृत्यु भएका थिएन् । दुई दिनपछि होस आएलगत्तै उनले २५ किलोमिटर टाढा रहेको आफ्नो घरमा फोन गरे । सोमबारराति होस आएपछि उनले मंगलबार फोन गरेका थिए । तर उनले घरमा फोन गर्दा उनको दाहसंस्कार नै परिवारले गरिसकेको थियो । २९ वर्षीय प्रमोदले आफू जिउँदै रहेकोमा आफैलाई आश्चर्य लागेको भन्दै पुर्नजन्म भएको बताएका छन् ।

कसको शव जलाइयो ?

उनीहरुले अर्को कुनै प्रमोद नाम गरेको व्यक्तिको शव लगेर दाहसंस्कार गरेको रिपोर्टमा उल्लेख छ । प्रमोदको शब भन्दै दाहसंस्कारका लागि दिएको शब कसको थियो भन्नेबारेमा अधिकारीहरुले पहिचान गर्न जुटिरहेका छन् । दैनिकनेपालमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?