Breaking News

गुगलले मानिस बुढो नहुने औषधि बनाउने

Feb Tue 2020 05:40:31

716 views

गुगलले मानिस बुढो नहुने औषधि बनाउने

पछिल्लो समयमा गुगलले एउटा यस्तो विषयमा काम गरिरहेको छ जसले भविष्यमा मानिसको कायाकल्प गरिदिनेवाला छ । गुगलले आफ्नो १७ औँ जन्मदिनको अवसरमा आफ्ना दुइवटा नयाँ तथा महत्वपूर्ण योजनाको बारेमा खुलासा गरेको छ । गुगलका भावी योजनामा अरबौँ डलरको स्वास्थ्य सेवाको क्षेत्र पनि मुख्य रुपमा सामेल छ । जस अनुसार गुगलले बुढेशकाल प्रतिरोधी अर्थात् एन्टीएजिङ औषधि तथा मधुमेहको उपचारका क्षेत्रमा शोध अनुसन्धान गरिरहेको बताइएको छ ।

गुगलले आफ्नो बायोटेक भेन्चर क्यालिकोका माध्यमबाट एन्टी एजिङ थेरापी अर्थात् मानिसलाई जवान राखिराख्ने औषधिको उत्पादन गर्ने विषयमा काम गरिरहेको छ । गुगलका संस्थापक ल्यारी पेजले हालै एक अवसरमा मानिसहरु कम्तिमा पनि १ सय वर्षसम्म बाँचून् भन्ने आफ्नो चाहना रहेको बताएका थिए । अहिले गुगलले पेजकै सोही चाहनालाई मूर्त रुप दिनका लागि ३ सय अर्ब डलरको एन्टी एजिङ मार्केटमा नजर लगाएको छ ।

क्यालिको गुगलद्धारा स्थापित स्वतन्त्र अनुसन्धान तथा विकाश सम्बन्धी बायोटिक कम्पनी हो । यो कम्पनीको स्थापना २०१३ मा भएको हो र यसको मुख्यालय अमेरिकाको सनप|mान्सिस्कोमा छ । यो कम्पनीको सिइओ अमेरिकी व्यवसायी आर्थर डी लेभिन्सन हुन् । यो कम्पनीले उद्धेश्य यस्तो औषधिको उत्पादन गर्नु हो जसले मानिसको उमेर बढ्नुबाट रोक्नु तथा विभिन्न रोगको रोकथाम गर्नु रहेको छ ।

यसका साथै गुगलले आँखामा लगाउने स्मार्ट कन्ट्याक्ट लेन्सको उत्पादन गर्ने योजना पनि बनाएको छ । उक्त कन्ट्याक्ट लेन्सले आँखाको ज्योति ठीक राख्ने मात्र नभै आँसुमा रहेको सुगर परीक्षण गरी मानिसलाई मधुमेह भए नभएको पत्ता लगाइदिन्ोछ । यदि आँसुमा सुगरको मात्रा बढि भएर मानिसलाई मधुमेहको खतरा देखिएमा कन्ट्याक्ट लेन्समा रहेको सेन्सरले स्मार्टफोनको सम्बन्धित एपमार्फत जानकारी प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?