Breaking News

क्यापिटल वान ह्याकिङमा १० करोड ६०को सूचना चोरी

Feb Tue 2020 05:40:33

991 views

क्यापिटल वान ह्याकिङमा १० करोड ६०को सूचना चोरी
अमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म क्यापिटल वानलाई निशाना बनाएर गरिएको ह्याकिङमा १० करोड ६० लाख मानिसको सूचना चोरी भएको छ । यसमा अधिकांश अमेरिका र क्यानडाबासी छन् ।
क्यापिटल वानकाअनुसार चोरी भएको डाटामा नाम, ठेगाना, फोन नम्बर छन् । तर ह्याकर क्रेडिट कार्ड नम्बरसम्म पुग्न नपाएको उसले बताएको छ । यो डाटा चोरीलाई बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मानिएको बीबीसीले जनाएको छ । क्यापिटल वान अमेरिकाको बसेभन्दा ठुलो क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो र यसले अहिले रिटेल बैंक पनि चलाउँछ । फर्मले सोमबार विज्ञप्ति जारी गर्दै यो घटनाबाट अमेरिकाका १० करोड र क्यानडाका ६० लाख मानिस प्रभावित भएको बताएको छ । उसका अनुसार अमेरिकामा करिव डेढ लाख सोसल सेक्युरिटी नम्बर र ८० हजार बैंक एकाउन्टको डाटा चोरी भएको छ । क्यानडामा भने क्यापिटल वानको क्रेडिट कार्ड उपभोक्तासँग सम्बन्धित करिव १० लाख बीमा नम्बरको सूचना चुहिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?