Breaking News

Hurry ! पर्यटन र स्टुडेण्ड भिसाका लागि अमेरिका जान अब बैंक ब्यालेन्स र Invitation Letter नचाहिने

Feb Wed 2020 02:40:39

479 views

Hurry ! पर्यटन र स्टुडेण्ड भिसाका लागि अमेरिका जान अब बैंक ब्यालेन्स र Invitation Letter नचाहिने

काठमाडौं । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।

जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ ।

आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन । यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा सुरक्षा इकाइको हातमा छाड्न लगाइने अमेरिकी दूताबासले जानएको छ।

जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा  राहदानी, पुराना राहदानी, DS-160 कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद र फोटो ल्याउनु पर्न छ । यसैगरी I-20 (विद्यार्थी भिसा आवेदकका लागि) र ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) पनि आवश्यक पर्ने भएकाले अन्तर्वार्तामा ल्याउनुपर्छ ।

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ ।

अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्‍त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका थिए ।

कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्‍त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?