Breaking News

लाख ३५ हजार ट्विटर अकाउन्ट बन्द

Feb Tue 2020 05:40:16

311 views

लाख ३५ हजार ट्विटर अकाउन्ट बन्द

ट्विटरले आतंकवाद तथा हिंश्रक चरमपन्थलाई बढावा दिएको भन्दै पछिल्लो ६ महिनामा २ लाख ३५ हजार टि्वटर अकाउन्टमा प्रतिबन्ध लगाएको छ । यो सँगै सन् २०१५ यता आतंकवादलाई प्रवर्द्धन गरेको अभियोगमा प्रतिबन्ध बेहोर्ने टि्वटर अकाउन्टको संख्या ३ लाख ६० हजार पुगेको छ ।

चरमपन्थी संगठनहरुले हिंश्रक सन्देश पठाउनका लागि आफ्नो प्लेटर्फमको दुरुपयोग नगरुन् भन्नका लागि टि्वटरले कोसिस जारी राखेको छ । गत फेब्रुअरीमा टि्वटरले एक तथ्यांक सार्वजनिक गर्दै आतंकवादको प्रवर्द्धन तथा हिंश्रक धम्कीसँग सम्बन्धित १ लाख २५ हजार टि्वटर अकाउन्टहरु सन् २०१५ यता बन्द गरिएको जानकारी दिएको थियो ।

अहिले चरमपन्थी सामाग्रीहरु प्रकाशित गर्ने अकाउन्टहरुको शिघ्र पहिचान गरी त्यस्ता अकाउन्टलाई प्रतिबन्धित गर्ने काम भैरहेको टि्वटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?