Breaking News

दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ

Feb Tue 2020 05:40:38

578 views

दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ
  • तेजन खड्का

उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ ।

चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि उनीहरुले लामो समयसम्म ८ वर्ष प्रेम गरे । उनीहरुको अनन्त प्रेम, बैवाहिक बन्धनमा बाँधिन सफल भयो । तालिममा उनीहरुको भेट हुन्थ्यो । सँगै तालिम लिँदालिँदै उनीहरुको माया झाङ्गियो । अहिले उनीहरुको ७ बर्षीया छोरी इनिस्ता र १ वर्षकी छोरी स्नीता छिन् ।

उनीहरु आँखा देख्छन् । यी दम्पत्ति जन्मजात दष्टिविहीन भने होईनन् । बालबालिकामा धर्ती देखेका उनीहरुको बिस्तारै आँखाको ज्योती गुम्न पुग्यो । राजकुमारका बुवा छैनन् । आमा भने छन् । बेलाबखत आमा, दाजुभाइहरु हेर्न आउने गरेको राजकुमारले सुनाए । उनीहरुले आँखाको सानैमा उपचार गराए तर उपचार सम्भब भने भएन ।

ठूला हस्पिटलले आफूहरुको उपचार गराइदिए संसार देख्न मन छ उनीहरुको । आफ्नो बालबच्चा हेर्ने धोको छ । अनि मन छ, श्रीमान र श्रीमतीले एकआपसको मुहार हेर्ने । हाल उनीहरुको ७ बर्षीया छोरी इनिस्ताले उनीहरुको रेखदेख गर्ने गरेकी छिन् । विद्यालयबाट छुट्टी भएर आएपछि छोरीले काम सघाउने गरेको र बिरामी हुँदा हस्पिटल लाने गरेको आमा इन्दिराले सुनाइन् ।

dampati ghar
राई दम्पत्तिको निर्माणाधीन घर, आर्थिक अभावमा पूरा हुन सकेको छैन/तस्विरः तेजन

उनीहरुलाई राज्यले निलो कार्ड दिएको छ । मासिक रुपमा ३–३ सय पाउने गरेका छन् । तर उनीहरुले त्यो ३ सयले राज्यले सहयोग गरेको अनुभूती दिलाउन सकेको छैन् । राजकुमार भन्छन्, ‘रातो कार्ड पाएका छैनौँ, हामी भन्दा सवलाङ्गहरुले पाएको सुनिन्छ । जहाँ पनि राजनिती छ हजुर । हाम्रो लागि को लागि पर्ने र ?

साना छाप्रोमा दुखदायी जीवन व्यक्तित गर्दै आएका उनीहरुले अहिले दाताको सहयोगमा घर निर्माण गर्दैछन् । यद्यपि, उनीहरुको घरलाई आर्थिक सहयोगको खाँचो छ । उनीहरुले आफ्नो घर निर्माणमा र छोरीहरुको भबिष्यको लागि दाताहरु समक्ष सहयोगको याचाना गरेका छन् । राई दम्पत्ती भन्छन्,‘मन हुनेले सम्झिदिनुहोला ।’

छोरीहरुलाई डाक्टर बनाउने धोको छ उनीहरुको । राजकुमार भन्छन्, ‘छोरीहरुलाई आँखाको डाक्टर बनाउने धोको छ । हामी त देख्दैनौँ, छोरीहरुले दृष्टिविहीनहरुको ज्योति फर्काउन सकुन् ।’

- Nayapage.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?