राजदूत रुद्र कुमार नेपालले अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेराले राखेको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समुदायले पासपोर्ट बनाउने प्रक्रिया र बितरणमा देखाएको धैर्यता र सैहाद्रर्ताको उच्च कदर र प्रशंसा गर्नुभयो ।बैशाख १२ गते र २९ गते नेपालमा गएको विनाशकारी भुकम्पले नेपाल र नेपालीको मन मष्तिष्कमा पुर्याएको चोटलाई मलम लगाउन अष्ट्रेलियामा रहेका नेपालीहरु र अष्ट्रेलियन सरकारले राहत कोष खडा गरी मानवीय संम्वेदनाका लागि सामाजिक सहयोग पु्याएकोमा मुरी मुरी धन्यवाद समेत व्यक्त गर्नुभयो । नेपालको नयाँ संबिधान निर्माणको ऐतिहासिक क्षणमा अष्ट्रेलिया सरकारले कुटनैतिक तथा राजनैतिक दुबै तवरबाट गरेको सहयोगको उच्च कदर गर्दै आगामी दिनहरुमा पनि सल्लाह सुझाव सहित यस्तै सहयोगको अपेक्षा आम नेपालीले अष्ट्रेलिया सकारबाट राखेको राजदुत नेपालले बताए । आफ्नो कार्यकालमा नेपाली समुदाय एनआरएन अष्ट्रेलियाबाट उल्लेख्य सहयोग रहेको बताउदै नयाँ आउने अष्ट्रेलियाको लागि नेपाली राजदूतलाई पनि गर्नुहुन उहाँले अनुरोध सोही बिदाई कार्यक्रममार्फत गर्नुभयो । आफू जहाँ जता रहे पनि आफ्नो ज्ञान अनुभव र विचारलाई नेपाल र नेपालीको हित अनुकुल प्रयोगमा ल्याउने प्रण समेत रुद्र कुमार नेपालले गर्नुभएको छ ।

उक्त कार्यक्रम मा काउन्सेलर राजेन्द्र पाण्डे तथा श्रीमती सावित्री पाण्डे उपस्थित हुनुहुन्थ्यो भने ANFS का पदाधिकारीहरुका साथै एनआरएन क्यानबेराका प्रमुख प्रतिनिधि युवराज खनियाँ, नुवाकोट समाज अष्ट्रेलियाका सक्रिय सदस्य एवं आइसिटी खबर अष्ट्रेलियाका संयोजक तथा सृजनशील प्रवद्र्धन केन्द्र नेपालका अष्ट्रेलिया सल्लाहकार अभिषेक उप्रेतीको समेत उपस्थिती रहेको थियो । 
