Breaking News

सामाजिक क्षेत्रमा उदाहरणीय बनेकी सबिता उप्रेतीको सर्वत्र चर्चा -१५ मार्च सामाजिक दिवस सन्दर्भ विशेष

Feb Tue 2020 05:40:55

447 views

सामाजिक क्षेत्रमा उदाहरणीय बनेकी सबिता उप्रेतीको सर्वत्र चर्चा -१५ मार्च सामाजिक दिवस सन्दर्भ विशेष
दोलखामा जन्मिएकी सबिता उप्रेती आजको युवा पुस्ता माझमा छुट्टै पहिचान बनाउन सफल एक मानक सामाजिक अभियान्ता हुन । जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसहरुको अन्तरमनमा दौडिरहने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक हुनेहरुले नै सफलताको मिठो स्वाद चाख्छन् । एउटी अविवाहित युवती कर्म मार्गमा यसरी नै अविचलित रुपमा लागिरहेकी छिन् । सजिलो काम त जो कसैले पनि गर्छन अनी समाज सेवा पनि आ-आफ्नो तर्फबाट जो कसैले गरेकै हुन्छन तर सबिता उप्रेतीले जुन सेवा रोजेकी छन अटिजम बालबालिकाको सेवा त्यो आँफैमा महान छ अनी धेरै चुनौतिपूर्ण छ जुन चानचुने व्यक्तीले आँट सम्म गर्न पनि सक्दैन । फरक–फरक आमाहरुले उनीहरुलाई जन्म दिए पनि कर्म दिने, जिन्दगीको संघर्षपूर्ण यात्रामा जीवनको रंग सजाउँदै बाँच्न सिकाउने आमा भएकी छिन् सविता । उनीहरुलाई उचित किसिमको हेरचाह गर्ने, स्वास्थ्य, शिक्षामा विशेष ध्यान पुर्याउने हो भने उनीहरुको जीवन बदल्न सकिन्छ भन्नेमा पनि उनी दृढ संकल्पित छिन् । तपाई हामी पनि हाम्रै छरछिमेक कुनै बालबालिकालाई बाधेर या थुनेर राखेको देख्दै आएका छौ  । हाम्रो समाजमा अटिजमको बारेमा उचित ज्ञान नहुदा अनाहकमा त्यस्ता बालाबालिकाहरु पशु सरहको जीवन जीउन वाध्य छन् । पछिल्लो सार्वजनिक तथ्यांक अनुसार हरेक ६८ जना बालबालिका मध्ये एक जनालाइ यस्तो समस्या देखिने गरेको छ । राष्ट्रिय अपाङ्गकोषको शाररीक पुर्नस्थापना केन्द्रमा अधिकृतको रुपमा काम गर्ने शिलशिला फिल्डमा जाँदा उप्रेतीले धेरै ठाउँमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे पछि बिगत ६ बर्ष देखि काठमाण्डौको पेप्सीकोलामा “विशेष स्कुल तथा पुर्नस्थापना ( एस. एस. डि .आर. सी.} केन्द्र” खोलेर अटिजम बालाबालिकाका लागि काम गर्दै आइरहेकी छिन ।  SSDRC ले हाल  ४० जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ भने स्थापना काल देखि ४ सय ८० जना भन्दा वढिलाई सेवा प्रदान गरिसकेको छ । घरको आर्थिक स्थिति सवल नहुदा नहुदै पनि परिवारसंग आफ्नो बिहेमा दाईजोमा दिने पैसा मागेर संस्था सुरु गरेकी उनै सवितासँघ संस्था स्थापना गरे देखि हालसम्म गरेका संघर्षमा नजिक रहेर गरिएको कुराकानी हामी प्रस्तुत गर्न गइरहेका छौं ।rrrt

१. एस. एस. डि .आर. सी. संस्थाको स्थापना कसरी भयो ?

मैले राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्र जुन समाज कल्याण परिषदको मातहतमा रहेको छ । उक्त केन्द्रको ब्यबस्थापन अधिकृतको रुपमा काम गर्ने मौका पाएको थिएँ । त्यहि काम गर्ने क्रममा अपाङ्गता भएको व्यक्तिहरुसंग नजिकिने मौका पाएँ र उहाँहरुको आँट र शाहस देखेर म प्रेणित भएँ । म कामको शिलशिलामा फिल्डमा जाँदा धेरै ठाउँमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखें । यसरी दिन भरी एकै ठाउँमा थुनिएर, बाधिएर बस्नु पर्दा मानसिक तनाव त्यस माथि भोकाएर आफ्नै दिशा . पिसाब खाएको मेरै आँखाले देखे पछि सक्नेहरुलाई त बाटो देखाई दिए पछि आफै सजिलै आत्मनिर्भर हुन् सक्छन तर आफै केहि गर्न नसक्नेहरुलाई पो हामीले केहि गर्नु पर्छ भन्ने लाग्यो र त्यसरी थुनिएर , बाधिएर राखिएका बालबालिकालाई बन्धनबाट मुक्त गराएर उचित शिक्षा,स्वास्थ्य उपचार र पुनस्थापना गराउने उदेश्यले संस्था खोलिएको हो । मलाई घरको जिम्मेवारी त छदै थियो त्यस माथि मेरै बिद्यार्थी जीवन धान्न मुश्किल थियो तर मैले मेरो परिवारलाई पछि मेरो बिवाह हुदा दाईजो दिनु पर्देन दाइजोको रुपमा दिने पैसा अहिलेनै दिनुहोस भनेर जुटाएको सानो रकमले दुई जना अटिजम बच्चाबाट मैले एस. एस. डि .आर. सी. शुरु गरेकी हुँ ।

२. तपाई यो उमेरमा नै निस्वार्थ रुपमा समाज सेवामा लाग्नु भएको छ, कस्तो अनुभव गर्दै हुनुहन्छ ?

समाजसेवा गर्ने भनेको आत्मसन्तुष्टिको लागि हो  । अटिजम बालबालिकासंग काम गर्दा मलाई आत्मसन्तुष्टि त मिलेको छ नै त्यो भन्दा ठुलो कुरा अटिजम बालबालिकाबाट नया जीवन पाएकी छु । आफुलाई परिवर्तन गर्ने र जीवनको अर्थ बुझ्ने मौका पनि पाएकी छु । यहाँ आफ्नै लागि बाच्न त गाह्रो छ । आफ्नो लागि त जो पनि बाचेकै हुन्छ । मानव भएर जन्मे पछि समाज आफ्नो परिचान खोज्ने होईन आफ्नो परिचान आफै बनाउने हो । समाजमा पिछडिका वर्गको लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ जस्तो लाग्छ मलाई। एस. एस. डि .आर. सी. मार्फत हिडन नसक्ने बच्चा हिडन थाल्दा , बोल्न नसक्ने बच्चा बोल्न सुरु गर्दा मैले सारा दुखहरु बिर्सन्छु । त्यति बेला मलाइ जुन खुसी मिल्छ त्यो खुसी पैसाले कहा किन्न सकिन्छ र ?sabita

३. अटिजमको बारेमा हाम्रो समाज त्यति जानकार भएको पाइदैन,  अटिजम (Autism) के हो ?

अटिजम जन्मजात हुने नशा र तन्तुको बिकासको क्रममा भएको असमानता एउटा रुप हो । जसलाई ‘ Neuro development disorder ‘ भनिन्छ । अटिजम भएको व्यक्तिमा संचार विचलन , सामाजिक रुपमा घुलमिल हुन् कठिनाई तथा कल्पना शक्तिको लचकतामा कमि हुने जस्ता मुख्य तिन समस्या अटिजम भएको व्यक्तिमा हुने गर्दछ | उनीहरुमा रहेको ईन्द्रियहरुको उतारचदावको फलस्वरुप अटिजम भएका व्यक्तिहरुले भिन्दै खालको प्रतिक्रिया देखाउछन । जुन असामान्य व्यवहारको रुपमा देखा पर्दछ | अटिजम कुनै रोग होईन । यो एउटा अवस्था हो । जुन जीवनभर रहिरहन्छ तर अटिजम भएका केहि व्यक्ति बौद्धिक क्षमता बढि भएको पाईएको छ

४. तपाइले अटिजम बालबालिका पालपोषणको ब्यवस्थापन कसरी गर्दै आउनु भएको छ ?

अहिलेसम्म संस्थाको नियमित स्रोत छैन । स्थापनाकाल देखि नै संस्थाले आर्थिक संकट झेल्दै आईरहेको छ । संस्था चलाउन सहकारीबाट ऋण लिएर , साथीभाईसंग सापटी लिएर चलाउदै आएको अवस्था छ । आर्थिक रुपमा सवल हुनु हुने केही अभिभावकहरुले मासिक रुपमा सहयोग गर्नु हुन्छ  ।  अनाथ , आर्थिक रुपमा कमजोर भएका , सुकुम्बासी र अटिजम भएकै कारण घर परिवारले निकाली दिएका बालबालिकाको निशुल्क शिक्षा , खानको व्यवस्थाको साथै लत्ताकपडाको पनि व्यवस्थापन गर्दै आईरेहका छौ | केही मनकारी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले संस्था भिजिट गरेर स्वईच्छाले सहयोग गर्नु हुन्छ । गत वर्ष देखि १६ वर्ष भन्दा माथिका किशोरीहरुलाई सिपमुलक तालिम दिएर हाल उनीहरुले कृष्ट्रलबाट बनाएका गहना , चुरा , बेचेर केहि मात्रामा राहत मिले पनि संस्था आर्थिक संकटबाट नै गुज्रिरहेको छ ।

५. संस्था चलाउदा अवश्य पनि विभिन्न कठिनाईहरु  आउछन होलान नै, कस्ता किसिमका समस्याहरु संघ फेस गर्नुपर्ने हुन्छ यस्तो काम गर्दा ? 

संस्था चलाउदा विभिन्न कठिनाइ र समस्याहरु त आईहाल्छन नै त्यसलाइले मैले स्वाभाविक रुपमा लिने गरेकी छु | एउटा घर चलाउन त कति गाह्रो हुन्छ । सामाजिक संस्था चलाउन चुनौतीहरु त पक्कै छन् । यो क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव त छदैछ त्यसै माथि आर्थिक भार पनि छदैछ ।  राज्यले अटिजमको बारेमा स्पष्ट नीति नियम व्यवस्था नगरेको अवस्थामा समाजमा नौलो कार्यको थालनी गर्दा समेत हौसला दिनुको साटो कुरा काटेको देख्दा दु:ख लागेर आउछ ।

६. समाज सेवामा लागेर जीवन देखि सन्तुष्ट हुनुहुन्छ ?

जिन्दगीका धेरै चुनौती, समस्या, कठिनाईहरुसंग संघर्ष गर्दै अटिजम बालबालिकाको लागि काम गर्न पाउदा मैले धेरै चिज पाएकी छु, केहि पनि गुमाएकी छैन । मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन न त कुनै पछुतो बरु मैले जीन्दगी नयाँ उर्जा पाएकी छु ।

 ७. तपाइको भावी योजनाहरु के-के छन् ?

संस्थाको निजी भवन लागि जग्गा खोजिरहेका छौ ।  संस्थालाई भावी पुस्तासम्म निरन्तरता दिनको निम्ति रु २ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य रहेको छ । गाउँ-गाउँ पुगेर अटिजम सम्बन्धि जनचेतना जगाउदै देशभर रहेका अटिजम बालबालिकालाई एकताको एउतै सुत्रमा बाध्ने योजना पनि छ ।

८. अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले हाम्रो संस्थालाई माया र बिश्वास गरेर सहयोग गरिरहनु भएको छ । सहयोग लागि हामी आभारी छौ  । मनकारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु  । आगामी दिनमा पनि यहाँहरुबाट सहयोग को अपेक्षा गर्दछु । सक्नेले त बाटो देखाइ दियो भने भारी बोकेर पनि खान्छ जो नसक्ने छ मानव भएर जन्मेर पनि अमानविय जीवन ब्यतित गर्न वाध्य र चेतनामा अभाव भएका अटिजम बालबालिकाहरुलाई हामी सचेत नागरिकको हैसियतले स्विकार गरी,सम्मान गरी आ-आफ्नु तर्फ बाट जे सकिन्छ सहयोग गर्नको निमित्त हार्दिक अपिल गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?