इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) को पहिलो वार्षिकसाधारणले यसअघिको तदर्थ समिति भंग गर्दै नयाँ निर्वाचित कार्यसमिति बनाएको छ । चिरञ्जिवी अधिकारीको अध्यक्षतामा बनेको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कुमार पुडासैनी, महासचिव ध्रुवराज शर्मा फूयाल, सचिव सोविता दाहाल र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा दिव्यतारा शाक्य, भरतराज उप्रेती, नारायण क्षेत्री, भरतराज रिजाल, निरञ्जन खकुरेल, डा. प्रमोद पराजुली, निरञ्जन पटेल, कुमार पौडेल, सुरेश भण्डारी, राजन दाहाल, शिव बस्नेत र अर्जुन अधिकारी रहेका छन् । साधारणसभाले संस्थाका भावी योजना सार्वजनिक गर्दै साइबर सुरक्षामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम – INFOSEC Nepal नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै बैकिङ, फाइननान्स र मल्टिनेशनल कम्पनीहरुमा साइवर थ्रेट पनि बढेकोले आम नागरिकमाझ साइवर सुरक्षाको सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।