Breaking News

विदेशबाट ल्याएका मोबाइल ब्लक हुन नदिन मोबाइलको आइएमआई दर्ता गराउनहोस् आजै

Feb Tue 2020 05:40:28

150 views

विदेशबाट ल्याएका मोबाइल ब्लक हुन नदिन मोबाइलको आइएमआई दर्ता गराउनहोस् आजै

काठमाडौं नेपाल

दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ । विदेशबाट ल्याएको मोबाइल सेट चलाउँदै हुनुहुन्छ भने त्यसलाई तुरुन्त दर्ता गर्नुहोस् । नत्र तपाईंको फोनले काम गर्नेछैन । नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ ।‘ अब भन्सार नतिरी भित्रिएका र विदेशमा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइलले नेपालमा काम नै गर्ने छैनन्,’ नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भने ।

कसरी थाहा पाउने आइएमइआई नम्बर आइएमइआई नम्बर मोबाइलको पहिचान हो जुन थिच्यो भने देखिन्छ । सामान्य खालको मोबाइलमा ब्याट्रि निकालेपछि र आइफोनमा सेटिङ भित्र गएर पनि आइएमइ ई नम्बर हेर्न सकिन्छ ।अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्ने छैन । गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।

प्राधिकरणका अनुसार आजदेखि सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ ।कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ ।

विदेशबाट ल्याएकालाई के गर्ने

अब विदेशबाट आएको मोबाइलको आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गराउनुपर्नेछ । यस्ता विदेशबाट आएका मोबाइलमा अब सेवा प्रदायक मोबाइल कम्पनीले दर्ताका लागि एसएमएस पठाउनेछन् ।

त्यसपछि आफ्नो मोबाइलको आइएमइआई नेपाल दूरसञ्चार प्राधिकरणमा गएर दर्ता गराउनुपर्नेछ । मोबाइलको यस्तो नम्बर दर्ता नभए विदेशबाट आएका मोवाइल ब्लक हुनेछन् । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्दैन । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।

मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?