सबिता उप्रेतीको साहस, को साथमा अटिजम सम्बन्धी आदेश राज काफ्लेले अष्टेलियाको मेलबोर्नमा हुने अन्तराष्टिय सम्मेलनमा नेपालबाट पहिलो पटक प्रस्तुतिकरण गर्ने भएका छन् । अटिजम बालबालिका यस किसिमको अन्तराष्टिय सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा धेरै ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशकै लागि केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण हो । अटिजम वालबालिकाले शिक्षा, अवसरको वातावरण पाए गर्न नसक्ने भन्ने केही हुदैन भन्ने कुराको प्रमाणित सबिता उप्रेतीको सहासिक सामाजिक कर्म र SSDRC को साथले गरिदिएको छ तर दुःखको कुरा राज्यले अटिजमको लागि एउटा नीति समेत अख्तियार गर्न सकेको छैन । यसका लागि सबिता उप्रेती, SSDRC र आदेश राज काफ्लेबाट नेपाल सरकारले सिक्ने होइन गर्ने बेला आएको छ ।