Breaking News

फेसबुकमा कसरी लाइक बढाउनेः केही टिप्स

Feb Tue 2020 05:40:50

996 views

फेसबुकमा कसरी लाइक बढाउनेः केही टिप्स

फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने यी कुरा नभुल्नुस्ः

१ फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि तपाइँका अधिकतम साथीहरु अनलाइन छन् । त्यसो भएमा तत्काल लाइक आउने सम्भावना बढी हुन्छ । अधिकाँश मानिस रातिको समयमा अनलाइन हुन्छन् । यो समयमा पोष्ट गर्दा लाइक पाउने सम्भावना बढी हुन्छ ।

facebook like tips

२ साथीहरुलाई अनावश्यक तस्विर वा पोष्टमा ट्याग नगर्नुस् । ट्याग गरेको सबैलाई मन पर्दैन । यसले तपाइँलाई लाइक बढाउने भन्दा पनि घटाउने खतरा हुन्छ ।

३ कुनै पनि पोष्ट गरेको आधा घण्टा सम्म पनि खासै लाइक आएन भने बुझ्नुस् तपाइँको पोष्ट धेरैले देखेनन् । यस्तो पोष्टलाई डिलिट गर्नुस् र फेरि हाल्नुस् ।

४ ध्यान राख्नुस् हरेक समय केही न केही फेसबुकमा पोष्ट गरिरहने बानी राम्रो होइन । यसो गर्दा अरुले सस्तो मान्ने हुन्छ । सके सम्म केही समय ग्याप गरेर मात्र पोष्ट गर्ने बानी बसाल्नुस् ।

facebook like tips 1

५ कहिले काँहि लाइक बढाउनका लागि साथीभाइलाई पुराना पोष्टमा लाइक गर्न लगाउन सकिन्छ । यसले गर्दा तपाइँको पोष्ट नयाँ जस्तै अरुको वालमा पुगेर लाइक पाउन सकिन्छ ।

६ धेरै भन्दा धेरै मानिसलाई इङ्गेज गर्नका लागि फेसबुकमा सबैको चासो भएको विषयमा प्रश्न सोध्न पनि सकिन्छ । ताकि धेरै भन्दा धेरै मानिसले तपाइँको प्रश्नको जवाफ दिउन् । यसो गर्दा तपाइँको पोष्टमा लाइक बढ्ने सम्भावना पनि हुन्छ ।

facebook likes

७ कहिले काँही सेलिब्रेटीका तस्विर वा आफूले सेलिब्रेटीसँग लिएका तस्विर राखेर पनि लाइक पाउन सकिन्छ । यसले मानिसहरुलाई आकर्षित गर्छ ।

८ मानिसहरुको ध्यान तान्न अरुका स्टेटस वा तस्विरलाई पनि शेयर गर्न सकिन्छ । अन्य पोष्टमा पनि लाइक आउने सम्भावना बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?