Breaking News

ट्वीटरले ट्‍वीट एडिट गर्ने सुविधा दिदै

Feb Tue 2020 05:40:19

477 views

ट्वीटरले ट्‍वीट एडिट गर्ने सुविधा दिदै

काठमाडौँ: ट्विटरले प्रयोगकर्ताहरुको लागि  ट्विट एडिट गर्ने सुविधा दिने भएको छ।  ट्वीट गरिसकेपछि यदि तपाईँलाई आफूले लेखेको कुरामा त्रुटि भएको लागेमा अबबाट एडिट गर्न पाइने भएको हो । यो खुसीको कुरा ट्विटरले नयाँ वर्षको सुरुवातसँगै ल्याउने तयारी गरेको हो ।

ट्विटरका सीईओ ज्याक डर्सीको केही दिनअघिको कुराले त्यसैलाई स्पष्ट सङ्केत गरेको छ। तर पनि डर्सीले यसलाई लिएर घोषणा हुने मितिको पनि टुंगो गरिसकेका छैनन् ।

तर प्रविधि समाचारसम्बद्ध अनलाइनलहरुले ट्वीट एडिट गर्ने सुविधासहितको नयाँ फिचर सन् २०१७ को सुरुवाती महिनामै लन्च हुने दाबी गरेका छन् ।

ट्वीट एडिटिङ्‍ग फिचरलाई लिएर सीईओ डर्सीले भनेका छन्, 'गल्तीलाई तत्कालै सुधार्नका लागि यस फिचरको सबैभन्दा धेरै माग भइरहेको छ । हामी यो कुरालाई सम्बोधन गर्न लागिरहेका छौँ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?