Breaking News

साइवर क्राइम गर्नेलाई दुबैलाई कडा कारवाही हुन्छ - आइजीपी सर्वेन्द्र खनाल

Feb Tue 2020 05:40:16

527 views

साइवर क्राइम गर्नेलाई दुबैलाई कडा कारवाही हुन्छ - आइजीपी सर्वेन्द्र खनाल
नेपाल प्रहरीले साईबर क्राईम नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले साईबर ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले साईबर क्राईम अन्त्यका लागि साथ दिन संचारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक खनालले आफूले मुलुकको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । उनले नेपाल प्रहरीलाई संघीय ढाँचा अनुसार अघि बढाउन प्रहरी प्रधान कार्यालयले आवश्यक कानुनको ड्राफ्ट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको पनि जानकारी दिए । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले जनताको सुरक्षाका लागि नै कानुन र ऐन निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?