Breaking News

काठमाडौंको नैकापमा तेल भर्ने बित्तिकै मोटरसाइकलमा यसरी आगलागी भयो

Feb Tue 2020 05:40:30

553 views

काठमाडौंको नैकापमा तेल भर्ने बित्तिकै मोटरसाइकलमा यसरी आगलागी भयो

काठमाण्डौं नैकापको अम्बे पेट्रोल पम्पमा तेल भर्ने बित्तिकै एउटा मोटरसाइकलमा आगलागी भएको छ । बा ६३ प ५५४९ नम्बरको मोटरसाइकलमा अचानक आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उतिखेरै आगो नियन्त्रणमा ल्याउन सकिएकाले ठूलो दुर्घटना हुन पाएन । मोटरसाइकलमा आगो लाग्दा नैकापको पल्लो छेउसम्म मुस्लो देखिएको प्रत्यक्षदर्शी दुर्गा तिमल्सिनाले बताउनुभयो । कतिपय भने पेट्रोल पम्पमा नै आगो लागेको ठानेर भागेका थिए । लाइनमा राखिएको मोटरसाइकलमा आगलागी भएपछि पेट्रोल वितरणको काम नै प्रभावित भएको थियो । पम्पमा शनिबार ६ हजार लिटर पेट्रोल ल्याइएकोमा ३ हजार लिटर वितरण भएको छ । पेट्रोल पाइने आशमा कतिपय अझै लाइनमा बसेका छन् भने धेरै रित्तै फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?