Breaking News

सेलेनाले तिघ्रामा ‘ॐ’ किन लेखिन् ?

Feb Tue 2020 05:40:31

673 views

सेलेनाले तिघ्रामा ‘ॐ’ किन लेखिन् ?
celenaहलिउड नायिका तथा विश्व प्रख्यात गायिका सलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो ।
सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छिन । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा यसको विशेष महत्व र अर्थ पाइन्छ । २३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन । सेलेना गत वर्ष नेपाल समेत आएकी थिइन । युनिसेफकी सदभावना दूतका रुपमा उनी नेपाल आएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?