Breaking News

स्काईपले जुरायो ३८ वर्षे बेलायती महिलालाई १९ वर्षे किशोर, आमा–छोराजस्तै देखिने जोडीको अनौठो प्रेम कहानी

Feb Tue 2020 05:40:53

420 views

स्काईपले जुरायो ३८ वर्षे बेलायती महिलालाई १९ वर्षे किशोर, आमा–छोराजस्तै देखिने जोडीको अनौठो प्रेम कहानी

स्काईपले जुरायो ३८ वर्षे बेलायती महिलालाई १९ वर्षे किशोर, आमा–छोराजस्तै देखिने जोडीको अनौठो प्रेम कहानी

बेलायती एक महिलाको प्रेम कहानी सुन्दा तपाईँ दंग पर्नुहोला । जमैकाको एक अपरिचित किशोरसँग स्काईपमार्फत कसरी प्रेममा परिन् र अन्ततः कसरी १९ वर्षे जमैकन किशोर र ३८ वर्षे महिलाबिच विवाह सम्पन्न भयो । प्रसंग हो, बेलायती ३८ वर्षे महिला अंगराद लोभरिङको जसले आफ्नो छोरो समानको एक किशोरसँग विहे गरिन् । र अहिले यो जोडी बेलायतमा बस्दैआएको छ । जब की, अंगरादकी छोरी नै १५ वर्षकी छिन् । अंगराद र लोरिकको यो जोडीलाई हेरेर धेरै दंग पर्छन् । धेरैले भन्छन्, उनीहरु साँच्चिकै आमा छोरा हुन् । साथै कसैले अत लोरिक बुलकलाई अंंगरादकी १५ वर्षे छोरी डेइजीका प्रेमी हुन् की भनेर पनि सोध्छन् । तर, यी १९ वर्षे किशोर तिनै ३८ वर्षे अंगरादका श्रीमान हुन् । जो स्काईपबाट भेटिएका थिए । खासमा ३ वर्षअघि बेलायतमा रहेकी अङ्गराद र जमैकन किशोर लोरिक बुलकबिच केही महिनाको स्काईप च्याटपछि प्रेम बस्यो । र अन्ततः उनीहरुको प्रेम विहेमा रुपान्तरण भएको हो । त्यसो त, लोरिकसँग विहे गर्नकै लागि अंगरादले ३ हजार पाउण्ड स्टर्लिङ खर्च गरिन् । लोरिकसँग प्रेममा परेपछि अंगराद बेलायत फर्किसकेकी थिइन् । त्यसपछि लोरिकलाई बेलायत बोलाउन उनले यसरी रकम खर्च गर्नुपरेको थियो । लोरिकको भिसा रकम समेत उनैले खर्च गरेकी थिइन् । कसरी भयो यो जोडीको भेट : अंगरादका पूर्व श्रीमान जमैकन थिए । जहाँ अंगरादका सासू–ससूराहरु बस्दैआएका छन् । त्यस्तैमा, अंगरादले आफ्नी छोरी डेइजीलाई सन् २०१२ मा जमैका पु¥याइन् । किनकी, त्यहाँ डेइजीले बुवाहजुरबा–आमालाई भेट्न चाहन्थिन् । जमैका बसाइको बेला अंगराले जमैकामा केही युवाहरुलाई इन्टरनेटमा भेटिन् । तिनै मध्ये एक थिए लोरिक बुलक । क्रमशः लोरिकसँग ब्ल्याकबेरी म्यासेन्जरमार्फत च्याट र कुराकानी गर्न थालिन् उनले । ‘लोरिक फोटोहरुमा अति नै सानो देखिन्थ्यो । उ साँच्चिकै १२ वर्षेजस्तो देखिन्थ्यो ।’ उनी भन्छिन्, ‘उ साँच्चिकै बच्चा जस्तो देखिन्थ्यो । तै पनि हामीले च्याटिङ जारी राख्यौँ ।’ केही साताको बसाईपछि अंगराद यूके फर्किन् । र उनीहरु स्काईपमा च्याट गरिराखे । उनीहरु एकआपसमा भ्वाईस म्यासेज पठाइराख्थे । ६ महिनापछि तीन साताको बसाईका लागि अंगराद फेरि जमैका गइन् । सो क्रममा लोरिकसँग वास्तविक भेट भयो । उनी भन्छिन्, ‘म निकै आत्तिएको थिएँ उसलाई भेट्नका लगि । अन्ततः लोरिकसँग लगभग ३ साता सँगै बिताएँ । निकै रोमान्चक थियो त्यो क्षण । त्यही क्रममा लोरिकले पनि मलाई प्रेम गर्छु भन्यो ।’ अंगरादले थपिन्, ‘जब म घर फर्किएँ म त प्रेग्नेन्ट भइसकेछु भन्ने थाहा पाएँ । र लोरिकले पनि त्यही बेला विहेको प्रस्ताव राख्यो ।’ लोरिकले उनलाई टेक्स म्यासेजमार्फत विहेको प्रस्ताव राखेको थियो । यसको केही महिनापछि लोरिकलाई यूके ल्याउनका लागि अंगरादले ऋण लिइन, ३ हजार पाउण्ड स्टर्लिङ । पछि लोरिकलाई बेलायत लगिन् उनै अंगरादले । र अहिले उनीहरु सँगै बस्दआएका छन् ।    उनै लोरिकको तर्फबाट अंगरादले एक छोरा जन्माइसकेकी छिन्, टेरेस । अंगराद भन्छिन्, ‘लोरिकको अनुहार बच्चा जस्तो देखेर धेरैले मेरो १५ वर्षे छोरीलाई लोरिक उनको प्रेमी हो ? भनेर सोध्छन् । तर, छोरीले भन्छिन्, होइन मेरो स्टेप फादर ।’ त्यसो त, अंगरादका केही थोरै साथीहरु मात्रै आफ्नो दायरामा छन् । र उनी आफ्नो परिवार र विहेको बारेमा कसले के सोच्छ वा भन्छ भन्ने कुरा खासै चासो नराख्ने बताउँछिन् । अनौठो के भने, धेरैजसो लोरिकलाई देख्नेहरु डेइजीका प्रेमी भनेर झुक्किन्छन् रे । तर, खासमा उनी त डेइजीकी आमा अंगरादका श्रीमान हुन् । अंगराद भने आफ्ना नयाँ श्रीमान लोरिकलाई आफूले ट्विटरबाट भेटेको भन्न कुनै हिचकिचाहट नभएको पनि बताउँछिन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?