Breaking News

बोष्टर मिडियाको दोस्रो वार्षिकोत्सवमा मानवअधिकार र सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएका व्यक्तित्वहरु सम्मानित

Feb Tue 2020 05:40:26

540 views

बोष्टर मिडियाको दोस्रो वार्षिकोत्सवमा मानवअधिकार र सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएका व्यक्तित्वहरु सम्मानित

बोष्टर मिडियाको दोश्रो वार्षिकोत्सव राजधानीमा एक कार्यक्रमका बीच भव्यताका साथ सम्पन्न भएको छ । वाषिकोत्सव समारोहका प्रमुख अतिथि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक दुई अर्ब नोक्सान र उद्योगधन्दा धराशायी भएको बताए । ‘लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा मुलुकका उत्पादन तथा सेवामूलक उद्योगहरु नराम्रोसँग प्रभावित भएका छन् ।’ मन्त्री पाण्डेले भन्नुभयो, ‘आर्थिक नोक्सानमात्र नभएर उपभोक्ताले सहज उपभोग गर्न नपाउँदा व्यवहारिक चुनौतीहरु पनि उक्तिकै खट्किएको छ ।’ यद्यपी, नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउनका लागि सरकार प्रयासरत् रहेको उहाँको भनाई थियो । भारत तथा आन्दोलनरत् पक्षसँग वातारवण सहज बनाउनका लागि सरकारले निरन्तर कुटनीतिक पहल र छलफल गरिरहेको मन्त्री पाण्डेले दावी गर्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले अघोषित नाकाबन्दीले प्रेस जगत मारमा परेको बताउनुभयो । कार्कीले यो समस्या छिट्टै सरकारले हल गर्नु पर्ने र संचार उद्योग संगै आम जनतालाई समेत अप्ठेरो अवस्था भएकोले कुटनीतिक प्रयासबाटनै हल गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए । मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले हाल ७० प्रतिशत उद्योग बन्द रहेको दावी गर्दै कमिसनका कारण इन्धन boster mediaआपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सम्झौता हुन नसकेको आरोप लगाउनुभयो । थापाले आन्दोलनरत् पक्ष र भारतसँग संक्रमण अन्त्यका लागि ठोस पहल नगरेको भन्दै जनताको आधारभुत आवश्यकताको परिपूर्तिका लागि सरकार चुकेको आरोप लगाउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल) का अध्यक्ष दीपक महतले नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । महतले कार्यक्रममा बोल्दै नाकाबन्दीले गर्दा सयौंलाई रोजगारी दिँदै राज्यलाईसमेत राजश्व तिर्दै आएका पर्यटन व्यवसायी हतोत्साहि हुँदा सयौंले रोजगारी गुमाउने र लगानी गुमाउने अवस्थामा पुग्न लागेको गुनासो समेत गरेका थिए । DSC08778 ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले आवश्यक स्वास्थ्य सामग्रीको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको बताउनुभयो । ग्रीनसिटी हस्पिटलमा गरीब दुखी र असहाय दश जना बिरामीको निशुल्क ओपेन हर्ट सर्जरी हालै सम्पन्न गरेका टन्डनले हामीले मुनाफा मात्र हेर्ने गरेका छैनौ हामीले दुखि गरिब र पिछडिएका बर्गको लागि निशुल्क स्वास्थ्य सेवा समेत दिदै आएको बताउनुभयो । बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले अघोषित नाकाबन्दीले तराईको अवस्था संगै समग्र देशको यो कठिनाइ घडीमा हामि संचार मध्यमले सहि सूचना सम्प्रेषण गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । ढुंगानाले सरकारी तवरबाट छिटो भन्दा छिटो यो समस्या हल गर्न सरकारलाई आग्रह समेत गरेका थिए ।

बोष्टर मिडियाको दोश्रो वार्षिकोत्सव अबसरमा उद्योगमन्त्री सोम प्रसाद पाण्डे ,सांसद गीता राना ,बोर्ण बहादुर कार्की ,तुलसी थापा ,लोक बहादुर टन्डन, दिपक महत लगाएतले बोष्टर मिडियाको सफलताको कामना समेत गरेका थिए । बोष्टर मिडियाको वार्षिकोत्सवको अबसरमा बोष्टर मिडिया अवार्ड २०१५ मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापालाई प्रदान गरिएको थियो भने विभिन्न क्षेत्रसंग आबद्ध संघसस्था र ब्यक्तिहरु ब्राइट नेपालका पुनम देब ,ग्रिन सिटि हस्पिटलका लोक बहादुर टन्डन ,गायिका सोभा त्रिपाठी ,शान्त शर्मा ,थानेश्वर देबकोटा ,भाईकृष्ण खड्का लगाएतलाई समेत सम्मान गरिएको थियो ।

तस्बिरहरु : DSC08819DSC08815DSC08866DSC08891DSC08874DSC08782DSC08787DSC08799DSC08801DSC08801DSC08803DSC08805DSC08807DSC08809DSC08811  DSC08817DSC08813DSC08821

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?