साधरणतया हामीले प्रयोग गर्ने मोबाइल फोनमा एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निक्लिन्छ । जसलाई आम जनजीवनका लागि हानिकारक मानिन्छ । मोबाइल रेडिएसनबाट मानसिक असर समेत कयौँ घातक बिरामी हुने आशंका गरिन्छ । यदि तपाईँ आफ्नो मोबाइल फोनको रेडिएसन थाहा पाउन चहानुहुन्छ भने यसका लागि मोबाइलबाट *#07# डायल गर्नु जरुरी हुन्छ । यो नम्बर डायल गरेपछि मोबाइलको स्क्रीनमा रेडिएसनसम्बन्धी जानकारी देख्न सकिन्छ । यसमा दुई किसिमबाट रेडिएसनको स्तर देखाइन्छ। एक ‘हेड’ र अर्को ‘बडी’। हेड अर्थात फोनमा कुराकानी गर्ने क्रममा मोबाइल रेडिएसनको स्तर के हो र बडी अर्थात् फोनको प्रयोग गर्ने क्रममा या गोजीमा राखेका बेला रेडिएसनको स्तर कति हुन्छ भन्ने यसबाट थाहा पाउन सकिन्छ ।

कति हुनुपर्छ मोबाइलको रेडिएसन ?

भारतको सञ्चार तथा सूचना प्रौद्योगिक मन्त्रालयको ‘स्पेसिफिक एब्जर्प्सन रेट’ (सार) का अनुसार कुनै पनि स्मार्टफोन, ट्याबलेट या अन्य स्मार्ट डिभाइसको रेडिएसन १.६ वाट प्रति किलोग्राम भन्दा माथि हुनुहुँदैन । शरीरबाट डिभाइसको १० मिलिमिटरको दूरीमा पनि यही नियम लागू हुन्छ । यदि फोनमा कुराकानी गरिरहँदा या गोजीमा राखेका बेला तपाईँको डिभाइसले रेडिएसनको यस सीमालाई पार गरेमा यो तपाईाको स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

के हो मोबाइल रेडिएसन ?

प्रविधि विशेषज्ञका अनुसार डिभाइसलाई रेडिएसनबाट पूर्णरुपमा मुक्त गर्न सकिँदैन । तर केही समयका लागि यसबाट जोगिन भने सकिन्छ । विशेषज्ञका अनुसार फोनलाई चार्जमा राखेर कहिले पनि कुरा गर्नु हुँदैन। यसबेला मोबाइल रेडिएसन १० गुणासम्म बढ्न पुग्छ । सिग्नल कमजोर हुँदा या ब्याट्री डिस्चार्ज हुँदा पनि कल गर्नु हुँदैन। यस क्रममा पनि रेडिएसन स्तर बढेको हुन्छ । चार्ज भएका बेला बोल्न आवश्यक परेका बेला ईयरफोन या हेडफोनको प्रयोग गर्नुस् । यसले शरीरमा रेडिएसनको असर कम पर्छ । मोबाइलको रेडिएसनको मानक अधिकतम १.६ वाट प्रतिकिलोग्राम भन्दा बढी हुनु हुँदैन । तर नेपाली बजारमा कुनै अनुगमनबिना जस्ता पनि स्मार्टफोन भित्रिने क्रम जारी छ । रेडिएसनको स्तर मापन नगरी नै नेपालमा चीन र भारत तथा तेस्रो मुलुकबाट जुनसुकै मोबाइल फोन धमाधम आइरहेका छन् ।