Breaking News

म्यासेन्जर एपमा ‘इन्स्ट्यान्ट भिडियो’ शेयर गर्न सकिने

Feb Wed 2020 02:40:49

575 views

म्यासेन्जर एपमा ‘इन्स्ट्यान्ट भिडियो’ शेयर गर्न सकिने

फेसबुकले म्यासेन्जर एपमा नयाँ फिचर थपेको छ। उक्त फिचरको माध्यमबाट म्यासेन्जरमा प्रयोगकर्ताले ‘इन्स्ट्यान्ट भिडियो’ शेयर गर्न सक्नेछन् भने यो भिडियो कलिङ फिचरभन्दा अलग भएको बताइएको छ। इन्स्ट्यान्ट भिडियोको माध्यमबाट म्यासेन्जरमा रियल टाइम भिडियो प्रसारण गर्न सकिने कम्पनीको भनाइ छ। नयाँ म्यासेन्जर अपडेटका साथ यो फिचर आउनेछ। यसका लागि भिडियो पाउने र पठाउने दुवै प्रयोगकर्ताको फोनमा म्यासेन्जरको पछिल्लो संस्करण हुन जरुरी छ। यो फिचर आइओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?