Breaking News

मापसे सेवन गरेमा : ड्रङ्क राईडिङ सिस्टमले कन्ट्रोल यसरी गर्छ

Feb Tue 2020 05:40:10

693 views

मापसे सेवन गरेमा  : ड्रङ्क राईडिङ सिस्टमले कन्ट्रोल यसरी गर्छ
लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरुले  मापसे सेवन गरेमा सवारी नचल्ने ब्यवस्था सहितको यन्त्र बनाएका छन् । कलेजमा डिप्लोमा ईन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त यन्त्र निर्माण गरिएको हो ।फुल हेलमेट र सामान्य यन्त्र हेर्दा जडित बाईकमा मादक पदार्थ सेवन गरेमा स्टार्ट नै हुँदैन् । फुल हेलमेटको मुखमा सेन्सर राखिएको छ जसको कारणले हेलमेटमा रहेको बत्ति बल्न जान्छ ।मापसे गरेको भए त्यसमा भएको रातो बत्ती बल्दछ भने मापसे नगरेमा हरियो रंगको बत्ति बल्न जान्छ । हेलमेटमा कसैले चलाउन वा बिगार्न खोजेमा निलो रंगको बत्ति बल्दछ । हेलमेटमा अल्कोअल सेन्सर रहेको छ । यो सेन्सरले मापसेको गन्ध मार्फत रिड गरेर डाटा ट्रान्सफर गर्न वायरलेस सिस्टम राखिएको छ भने मोटरसाईकल मा डाटा रिसिभ गर्ने सिस्टम राखिएको छ ।यसमा आएको डाटा रिडिङ गरेर मोटरसाईकलको स्टार्टको कनेक्सन संग जोडिएको हुन्छ । यसले बाईक स्टार्ट हुँदैन् । कलेजमा ब्याचलर ईन् कम्प्युटर ईन्जीनियरिङ्ग सातै सेमेस्टर मा अध्ययन गर्ने मनिस भण्डारी, प्रभात ज्ञवाली, किरण कंडेल, दिपेन्द्र पाण्डे, चन्द्रकिा थापा र प्रिया गिरीको सहयोगमा डिभाईस तयार भएको हो । सो यन्त्र बनाउन ५ हजार लागत लागेको थियो । ब्यवसायकि हिसावमा  निर्माण गर्दा ३ हजार लागतमा सेन्सर जोड्न सकिने उनीहरु बताउँछन् । सामान्य स्मार्ट फोन जत्रो र पानीबाट नबिग्रने र नदेखिने तरीकाबाट राख्न सकिने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?