Breaking News

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् , बच्‍न यसो गर्नुस्

Feb Tue 2020 05:40:38

390 views

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् ,  बच्‍न यसो गर्नुस्

फेसबुकमा टेस्टोनी एप भाइरल बनिरहेको छ । धेरैजसोले रमाइलोको हिसाबले यो एप शेयर गरिरहेका छन् । भविष्यमा के बन्छस्, कति पैसा कमाउँछस्, कुन पार्टी ठीक हो जस्ता कुराहरुबाट मानिसहरु आफ्नो फेसबुक प्रोफाइललाई रंगीन बनाउँन लागिपरेका छन् । यसरी रमाइलोको रुपमा टेस्टोनी एप शेयर गरिरहँदा उनीहरुको सूचना र डाटाहरु लिक हुने सम्भावना बढिरहेको छ । ह्याकरुले यस्ता एपहरुलाई आफ्नो निशाना बनाइरहेका हुन्छन् तर यो कुरा प्रविधिको प्रयोग गरिरहेकाहरुले बुझेका छैनन्  र जे पायो त्यही लिंकमा क्लीक गरेर सञ्जालमा आफूलाई चिनाइरहेका छन् । यसको गम्भीर असर जब उनीहरुको पासवर्ड ह्याक गरी महत्वपूर्ण डाटाहरु चोरिन सक्छन् । त्यसैले सामाजिक सञ्जालमा आउने यस्ता लिंकहरुमा क्लीक गरी आफ्नो जानकारी नराख्न साइवर अनुसन्धानकर्ताहरुको सुझाव गरेका छन् ।

यदि तपाईँ टेस्टोनीबाट दिक्क हुनुहुन्छ र आफ्नो फेसबुकको भित्तोमा यस्ता वाहियात कुरा नदेखियुन् भन्ने चाहनुहुन्छ यसो गर्नुस्।

१) सबभन्दा पहिला त्यस्तो पोस्टको दायाँ छेउको > मा क्लिक गर्नुस्। त्यहाँ क्लिक गरेपछि मुन्तिर अरु अप्सन देखिन्छ।

२) Hide all from testony.com app लेखिएकोमा क्लिक गर्नुस्।

यो फेसबुकको एपले तपाईँको प्रोफाइल र इमेल चाहिँ संकलन गरेर राख्छ। पछि तपाईँलाई स्पाम मेल आउने सम्भावना भने हुन्छ। सकेसम्म यस्ता वाहियात एप प्रयोग नगर्नु नै राम्रो हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?