Breaking News

सुरक्षित सूचना प्रविधि क्षेत्रका लागि डाटा र सूचनाको महत्व बुझाउन आवश्यक छ - आइटी विज्ञहरु

Feb Tue 2020 05:40:53

386 views

सुरक्षित सूचना प्रविधि क्षेत्रका लागि डाटा र सूचनाको महत्व बुझाउन आवश्यक छ - आइटी विज्ञहरु
  • भरतराज उप्रेती

सूचना प्रविधिको विकास र नयाँ नयाँ प्रविधि प्रयोगका कारण आइसिटी क्षेत्रमा चुनौतीहरु थपिदै गएका छन् । नीति निर्माण तहमा रहेका सरकारी उच्च अधिकारीहरुलाई सूचना प्रविधिको सुरक्षा भन्दा पनि डाटा र सूचनाको महत्वबारे पहिले बुझाउन जरुरी रहेको सूचना प्रविधि क्षेत्रका विज्ञहरुले बताए । इन्फोसेक नेपालको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा क्यान युएसका निवर्तमान अध्यक्ष प्रदीप खनाललाई नेपालको सूचना प्रविधि क्षेत्रमा पुर्याएको सहयोगको कदर गर्दै इन्फोसेक नेपालद्धारा सम्मानित समेत गरिएको थियो । गैर आवसिय नेपालीहरुलाई एकत्रित गर्दै नेपालको सुचना, संचार तथा प्रविधिको क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गर्नु भएकोले खनाललाई सम्मान गरिएको ईन्फोसेक नेपालले जनाएको छ ।

नेपालमा साइवर सुरक्षाको अबस्था भयावह रहेको उल्लेख गर्दै यसप्रति आइसिटी क्षेत्रका विज्ञहरु नै एकजुट भएर साइवर सुरक्षा जनचेतनामा लाग्नुपर्ने खाँचो रहेको छ आइटी विज्ञहरुले भने । साइवर क्राइमका घटनाहरु दिनानुदिन बढिरहेको छ, सरकारको साइवर कानून बारे धेरै मौन छन् । प्रविधि विकास र बिस्तारको होडमा लागिरहदा सूचनाको स्रोत र जनचेतनाको अभाव खट्एिको छ, मिलेर काम गर्ने भन्दा खुट्टा तान्ने प्रबृत्तिको विकास आइसिटी क्षेत्रमा पनि रहेकोले सूचना प्रविधि क्षेत्रमा जनशक्ति नेपालमा हुदा हुदै पनि यसको व्यवस्थापन हुन सकेको छैन । सूचना प्रविधिलाई व्यापार र अवसरको रुपमा हेर्ने प्रबृत्तिले गर्दा सूचना प्रविधिको क्षेत्रमा ठूला ठूला जोखिमहरु बढेर गएको इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए ।

पहिले डाटा प्रोसेस त्यसपछि सूचना र अनि सुरक्षाबारेको जानकारी अझै पनि आइटी क्षेत्रका अगुवाहरुले व्यवहारमा लागू गर्न नसकेकोले साइवर सुरक्षाका खाडलहरु थपिदै गएका छन् । इन्फोसेक नेपालका एक अधिकारीले भने । जबसम्म हामीले डाटाको महत्व बुझ्दैनौं तबसम्म साइवर सुरक्षाको बारे जतिसुकै ठूला ठूला कुराहरु गरे पनि त्यसको समस्या हल हुनेछैन । अब पनि सूचना प्रविधिका विज्ञहरु सामाजिक रुपमै एकजुट नभए नेपालमा सूचना प्रविधिको प्रयोगसँगै यसबाट हुने हानी नोक्सानीको लेखाजोखाको कुनै साध्य हुनेछैन । घर बनाउदा नै घाम पानी हुरी र भुकम्प प्रतिरोधी नबनाई पछि प्रकृतिका ती विपत्तिहरुलाई सरापेर के फाइदा होला र ? त्यसैले साइवर सुरक्षाको लागि सामाजिक रुपमा अभियानहरु व्यापक रुपमा अघि बढाउदै नीतिगत रुपमा नै यसको डा व्यवस्थापन हुने प्रावधान गरिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?