Breaking News

रोग नै पत्ता नलाग्ने रोग : नशाको समस्या वा सौमाटोफर्म डिसअर्डर, अनौंठा लक्षण, अनौंठो महसुुस

Feb Tue 2020 05:40:29

395 views

रोग नै पत्ता नलाग्ने रोग : नशाको समस्या वा सौमाटोफर्म डिसअर्डर, अनौंठा लक्षण, अनौंठो महसुुस

-डा सि पी सेडाई, नशा तथा मनोरोग बिशेषज्ञ, चितवन मेडिकल कलेज

शरीरमा एकै ठाँउमा दुख्ने होइन, सरीसरी दुख्ने, पेटमा अप्ठ्यारो हुने, नसा झमझम ग¥योे, नशा दुख्ने अनि कोहि क्यान्सर भयो भनि आत्तिने रोगी धेरै छन् । त्यसैगरी घाँटीमा अड्कियो, छाती भड्कियो, छाती दुख्यो र धेरै जसो बिरामी धेरै अंगको लक्षण एकैचोटी देखिने, तालु पोल्यो, पैतला पोल्यो, कान तात्योे भन्ने बिरामी नशाको समस्या वा सौमाटोफर्म डिसअर्डर भनिन्छ ।

शरद ३० वर्षे, मध्यम वर्गीय किसान हो । ऊ जहिले पनि बिरामी भएको अनुभव गर्छ । तीन वर्षदेखि ऊ बिरामी छ । उसलाई पेट दुख्छ । पेटमा अप्ठेरो महसुस हुन्छ । टाउको पनि दुख्छ । खानामा अरुची छ । हात खुट्टा झमझम गर्छन् । त्यसो त उसले धेरै डाक्टरसँग सरसल्लाह लिइसक्यो । रगतसम्बन्धी विभिन्न जाँच, इन्डोस्कोपी, मुटुको जाँच, दिशा पिसाब जाँच गर्दा पनि खासै कुनै खराबी देखिएन । तर उसको रोग बढ्दो छ, निको हुने त कुरै भएन । अहिले उसले लामो समय देखिको पिडाबाट छुट्कारा पाउन थालेको छ ।

उसलाई सोमाटोर्फम  डिसअर्डर रोग लागेको छ । यो यस्तो रोग हो, जसमा बिरामीले शरीरमा विभिन्न भागमा समस्या देखापर्छ । बिरामीहरु वषौंसम्म अनौंठो लक्षणले ग्रसित हुन्छन् । आफ्नो रोग निको नहुँदा बिरामीहरू धेरै डाक्टरकहाँ भौतारिँदै पुग्छन् साथै बिरामीले आफैं धेरै इन्भेस्टिगेसन जाँच जस्तै एक्सरे, रगतको जाँच, इन्डेस्कोपी आदि पटक पटक गराउँछन्, जसमा कुनै खराबी हुँदैन । बिरामी आफ्नो समस्या समाधान भएको पाउँदैन । कोही बिरामी आफूलाई क्यान्सर भयो भन्ने शंका गर्छन्, कोही एड्स भयो भनेर डर मान्छन् ।

यस्ता बिरामीहरु धेरै फिजिसियन तथा सर्जन कहाँ बारम्बार पुग्छन् तर समस्या साइकोलोजिक हुन्छ । कसै–कसैमा वंशाणुगत रुपमा यो रोग भएको पाइन्छ । कसैमा घरयासी तनाव भएको पाइन्छ तर तनाव नभएको मानिसमा पनि यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा निलो भएको, सुन्निएको गुनासो गर्छन तर त्यस्तो भएको पाँइदैन । कोही आफ्नो शरीरको कुनै अंग जस्तै नाक, मुख आदिमा गडबढी भएको वा बिग्रेको शंका गर्छन । कोहि मेरो आन्द्रा कुहिएको छ भनी डाक्टरकहाँ आइपुग्छन् ।

शरीरमा एकै ठाँउमा दुख्ने होइन, सरीसरी दुख्ने, पेटमा अप्ठ्यारो हुने, नसा झमझम ग¥योे, नशा दुख्ने अनि कोहि क्यान्सर भयो भनि आत्तिने रोगी धेरै छन् । त्यसैगरी घाँटीमा अड्कियो, छाती भड्कियो, छाती दुख्यो र धेरै जसो बिरामी धेरै अंगको लक्षण एकैचोटी देखिने, तालु पोल्यो, पैतला पोल्यो, कान तात्योे भन्ने बिरामी नशाको समस्या वा सौमाटोफर्म डिसअर्डर भनिन्छ । कति मानिसहरु पाठेघरको अपरेशन पछि यस्ता लक्षण लिई आँउछन् ।

लक्षणहरु

धेरै लक्षणहरु एकैचोटी देखिने । शरीर तातो महसुस हुने । गुप्ताङ्गमा गडबढी भएको महसुस गर्ने । एड्स र क्यान्सर भएको महसुस हुने । अपच भएको महसुस हुने । पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस गर्ने । टाउको दुख्ने । मुटुको ढुकढुकी बढेको भान हुने । ढाड दुखेको महसुस गर्ने । पखाला वा कब्जियत भएको महसुस हुने । शरीरको अंग बिग्रिएको जस्तो लाग्ने । श्वास छिटो छिटो फेर्ने । रोग कसरी छुट्टाउने ?

यो रोगको लक्षण एकपटक मात्र देखिदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष नभई धेरै रगत, एक्सरे परीक्षण गराउँदछन्, तैपनि रोग निको भएको महसुस हुँदैन । यो रोग प्रायः ३५ वर्ष अगाडि नै सुरु भई सक्छ र वर्षौसम्म रहन सक्छ । यो रोगका धेरै कारण छन् । तर मनोवैज्ञानिक समस्या नै प्रमुख कारण पाइन्छ । दिनहँु हुने नराम्रा घटनाहरु, चिन्ता, रोगबारे थोरै जानकारी आदिले गर्दा बेहोसी मस्तिष्कमा यस्ता नराम्रा कुरा संचित भई बसेको हुन्छन् । जसले गर्दा यस्ता लक्षण आँउछ भन्ने विश्वास गरिन्छ । यसबाहेक मस्तिष्कको नशामा न्युरोट्रास्मिटरमा गडबडी हुन्छ, जुन सिटी स्क्यान र एमआरआइ जस्ता आधुनिक साधनले पनि देखाउँन सक्दैन ।       यो रोगको सही उपचार गरे यो रोग निको हुन्छ ।

यस्ता बिरामी औषधि सेवन गरेको एक हप्ता पछिमात्र समस्या समाधान भएको महसुस गर्छन् । यस्ता बिरामी आफ्नो समस्याबाट निकै चिन्तित हुन्छन् । जुन आत्तिनु पर्ने नै हँुदैन । यो रोगबारे राम्रो जानाकारी नहँुदा बिरामी धेरै उपचार केन्द्र पुग्छन् । तर रोग निको भएको हुँदैन ।

- See more at: http://swasthyakhabar.com/2016/03/41494.html#sthash.gp0YwMQY.NqvXB1z5.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?