Breaking News

यी हुन् भ्यालेन्टाइन डे प्रतिबन्धित देशहरु

Feb Tue 2020 05:40:52

480 views

यी हुन् भ्यालेन्टाइन डे प्रतिबन्धित देशहरु

फेब्रुअरीको सुरुवातदेखि नै भ्यालेन्टाइनडेको चर्चा सुरु हुन्छ । विश्वभर यसलाई प्रणय दिवसका रूपमा मनाइन्छ । तर, त्यस्ता देश पनि छन्, भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । कतिमा त सरकारले नै यो दिनमाथि प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइनडे प्रतिबन्धित देश र ठाउँ :

मलेसिया मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइनडे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्कन पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइनडेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।valentineday

इरान इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कसैले भ्यालेन्टाइनडे मनाएको पाएमा जरिवाना, जेल सजाय हुने इरान सरकारले बर्सेनि सूचना निकाल्दै आएको छ ।

रुस पूरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहिँ रुसले पनि भ्यालेन्टाइनडे ‘सेलिब्रेसन’माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइनडे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकाशित गर्दै पनि आएको छ ।

साउदी अरब साउदी अरबमा पनि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिने होइन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन, १४ फेबु्रअरीभन्दा पहिले नै गुलाब, रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

इन्डोनेसिया इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि १४ फेब्रुअरीमा पाइँदैन । सिंगललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ ।

नयाँ पत्रिका दैनिकबाटi

भ्यालेन्टाइन डे,' प्रेम प्रस्ताव राख्ने उपयुक्त अवसर

- योगेन्द्रमिलन छन्त्याल
तपाईले कुनै केटा वा केटी मन पराउनुभएको छ ? अनि प्रेम प्रस्ताव राख्न सक्नुभएको छैन ? त्यसो भए सुवर्ण अवसर आज हो । आज प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' । हरेक वर्षको १४ फेब्रुअरीका दिन 'भ्यालेन्टाइन डे' मनाइने गरिन्छ ।
विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने 'भ्यालेन्टाइन डे' ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा छिचोल्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदि आदानप्रदान गर्नुका साथै यस दिनलाई प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिने गरिन्छ ।
संसारका लाखौ युवायुवती आजबाट नयाँ जीवनको शुरुवात गर्दछन । तपाई हामीले मन परेकालाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन् भन्ने जनविश्वास छ ।
आजको दिनमा रोमियो जुलियट, लैला मझ्नु र सारजहा मुमताजजस्ता प्रसिद्ध प्रेम कहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल होस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।
'यदि तपाई कसैलाई पहिलो पटक प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने पहिले आफुमा आत्मविश्वास बढाउनुस । यदि अस्वीकार गरेमा आफुलाई सम्हाल्ने धैर्यता विकाश गर्नुस ।' जर्मनीकी २३ वर्षीया आन्या म्हुलर भन्नुहुन्छ : 'पूरा आत्मविश्वासकासाथ प्रेम व्यक्त गर्नुभयो भने पक्कै पनि तपाईले सकारात्मक जवाफ पाउने सम्भावना धेरै हुन्छ ।'
चितवन घर भइ हाल दुबईमा रहनुभएका ३५ वर्षीय हिरामणी पोखरेलले यों संसार नै मायापीरति गाँस्दै एक आपसमा खुशी बाँडेर आनन्दमा रम्नुपर्ने बताउँनुहुन्छ  : "आज प्रेम दिवसमा मैले आफ्नो जीवनसंगीनीलाई सम्झेको छु । उनलाई मायालु बोलीबाट फोन गर्दै प्रेम दर्शाउँदै छु । नेपालीहरूले माया प्रेम व्यक्त गर्ने दिनको रुपमा मान्नुपर्छ जस्तो लाग्दैन । माया प्रेम भन्ने चीज अन्तर आत्माबाट प्रस्फुटित हुन्छ । बिस्तारै प्रेमिकालाई अवगत गराउन सकिन्छ, बिदेशीको नक्कल नै गरी यों दिन कुर्नु पर्दैन जस्तो लाग्छ मलाई ।"
पोखरा घर भइ बेल्जियममा रहनुभएका ४१ वर्षीय चन्द्र गुरुङ यो दिनको जुन सम्मान गर्नुपर्ने पृष्ठभूमि छ, त्यसैको कारण आफूले प्रेम दिवस मनाउने बताउनुहुन्छ । "सिपाहीको योगदानको दिन हृदयका अनुभवहरु आदानप्रदान गरेर मनाउनुपर्ला ।" उहाँको तर्क रहेको छ ।
"४-५ वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा भए पनि आजको प्रेम दिवस कसरी मनाउने भन्ने योजना बनाएको छैन । नेपालीले यो दिवस मनाउनैपर्छ भन्ने छैन ।" सुनसरीकी ३२ वर्षीय इकुकुमारी राइले भन्नुभयो : "यो पाश्चात्य संस्कृति हो नेपालका आफ्नै संस्कृति छन् । प्रेम दिवस मनाउनु उपयुक्त छैन ।" ९-१० वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा पाए पनि यसबारे अरु थाहा नभएको बताउंनुहुन्छ सिन्धुपाल्चोककी केशांग ओमु लामा । २७ वर्षीय विवाहित लामा भन्नुहुन्छ "तर श्रीमानलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्नुपर्ला र अलिकति उपहार आदानप्रदान गर्नुपर्ला ।"
तेस्रो शताब्दीको अन्त्यतिर रोमन साम्राज्यमा दुवै आँखा गुमाएकी एक साधरण जेलरको छोरीलाई प्रेम गरेको अभियोगमा भ्यालेन्टाइन नाम गरेका पादरीले मृत्यु दण्डको सजाय भोग्नु परेको घटना सबैका निम्ति उदाहरणीय बनेको छ । आफ्नो दुवै आँखा प्रेमिकालाई दान गरी गौरवसाथ मृत्युलाई अंगालेको दिन फेब्रुअरी १४ अर्थात 'भ्यालेन्टाइन डे' ले सच्चा प्रेमको जरुरतको महत्व दर्शाउदछ ।
गुलाफको फूल उपहार
यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । तपाईले गुलाफ उपहार दिदै हुनुहुन्छ भने रंगको अर्थबारे जानकारी राख्दा राम्रो हुन सक्छ । भ्यालेन्टाइन डे' मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यो शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीक हो । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।
गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । गुलाबी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । पहेँलो गुलाफचाही मित्रताको प्रतीक मानिन्छ । मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा 'भ्यालेन्टाइन डे' मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेता गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ ।
Happy Valentine Day !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?