Breaking News

एउटै गोरुले सबै खेत जोत्छन् ताप्लेजुङका पारस बराल

Feb Tue 2020 05:40:46

363 views

एउटै गोरुले सबै खेत जोत्छन् ताप्लेजुङका पारस बराल
रविन भट्टराई÷ताप्लेजुङ
एउटा छोरो घर बाँझो, एउटा गोरु हल बाँझो भन्ने उखानलाई ताप्लेजुङका एक कृषकले चुनौती दिएका छन् । ताप्लेजुङ नगरपालीका आठ साप्तेलका कृषक पारस बरालले पालेको एउटै गोरुले आफ्नो सम्पुर्ण खेत जोत्ने गरेका छन् ।
घरेलु प्रविधिबाट बनाईएको हलोको माध्यमबाट बरालले एउटै गोरुले अहिले सजिलै खेत जोती रहेको देख्न सकिन्छ । सानो बारी र खेतमा पनि सजिलै जोत्न अनि पहाडी क्षेत्रका खेत र बारीका कान्लामा पनि गोरुलाई सजिलै उकाल्न सकिने भएको कारण यो प्रविधि सहज भएको बरालको भनाई रहेको छ ।
गाउँमा काम गर्ने कामदार अनि गोरु पाईन छाड्दै गएपछि उनले घरमानै भएको एउटा गोरुलाई प्रयोग गरी सुरुमा जोतेको र राम्ररी जोत्न थालेपछि आफ्नो सबै खेत र बारी यसलेनै जोतेर बालि नाली लगाएको कृषक बराल बताउँछन् । उनले निर्माण गरेको प्रविधिको प्रयोगबाट ताप्लेजुङ लगायत देशका विभिन्न पहाडी र तराई जिल्लाका कृषकले फाइदा लिन सक्ने उनले दाबी गरे ।
अहिले उनलाई अन्य कृषकले पनि हलो बनाई दिन आग्रह गर्ने गरेका छन् । एउटै गोरुले खेत बारी जोतेको र ससाना खेतबारीमा समेत जोत्न पनि सजिलो हुने भएपछि हलो सहित यो गोरु किन्नेहरुको लाईननै लाग्ने गरेको बरालले बताएका छन् । हलो सहित गोरुलाई ५० देखि ६० हजार रुपैयाँ सम्ममा किन्ने मान्छे आए पनि अहिले सम्म आफुले गोरु नबेचेको उनले बताए ।
एक हल गोरुलाई पाल्न भन्दा यो गोरुलाई पाल्न सजिलो हुने भएपछि गोरु किन्नेको भिड लागेको बरालले बताए । एउटा गोरुले मात्र जोत्नुपर्ने भएका कारण गोरुलाई राम्रो र पोसीलो खोले भने दिने गरेको बरालको भनाई छ । http://www.kalikafm.com.np/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?