Breaking News

चाइनिज जिओनी स्मार्टफोन इलाइफ एस सेभेनको नयाँ फिचर्सहरु

Feb Tue 2020 05:40:40

1159 views

चाइनिज जिओनी स्मार्टफोन इलाइफ एस सेभेनको नयाँ फिचर्सहरु

मोटाइ जम्मा ५.५ मिलिमिटर मात्र भएका कारण चिनिया कम्पनी जिओनीको पछिल्लो स्मार्टफोन इलाइफ एस सेभेन देख्दा निकै सुन्दर छ ।  धातु र सिसाको मिश्रणयुक्त डिजाइनका कारण यो फोन पूर्णतः स्टाइलिस स्मार्टफोन हो  । जिओनीका अरु धेरै विशेषताहरु छन्- फिचर्स-gionee-elife-s7

· ५.२ इन्चको फुल एचडी सुपर एमोलेड डिस्प्ले । यसको स्क्रिन अहिलेसम्मकै सबैभन्दा बलियो, फुट प्रतिरोधी कोर्निङ गोरिल्ला ग्लास थ्री को प्रयोग गरिएको हुँदा यो मोबाइल भुइँमा खस्दा पनि फुट्ने जोखिम कम हुन्छ ।

· १.७ गिगाहर्ज मेडियाटेक एमटी६५९२ अक्टा कोर प्रोसेसर

· २ गिगाबाइट र्याम र १६ गिगाबाइट स्टोरेज, तर माइक्रो एसडी स्लट छैन ।

· १३ मेगापिक्सेलको एलइडी फ्लास सहितको पछाडिको क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा

· २७ सय मिलिएम्पियर आवर क्षमताको पोलिमर ब्याट्री

· डुअल सिम तथा युएसबी ओटीजी सपोर्ट

· एन्ड्रोइड फाइभमा आधारित एमिगो युआइ सफ्टवेयर

gionee_elife_s7_back

डिजाइन, स्क्रिन

गोजीमा ठूलो बजेट उपलब्ध नभएका तर स्टाइलिस फोन प्रयोग गर्न चाहनेका लागि जिओनीको आइलाइफ पहिलो रोजाइ हुनसक्छ । निकै स्लिम तथा उत्कृष्ट डिजाइन भएको यो स्मार्टफोनको स्क्रिन निकै तिक्ष्ण छ र घाम लागेको बेलामा समेत यसको स्क्रिनमा केही कुरा हेर्न र पढ्न गाह्रो हुँदैन ।

यो स्मार्टफोनको छेउमा यु आकारको धातुको फ्रेमले स्मार्टफोनलाई अझ सुन्दर र मजबुत बनाएको छ । यसको रङ कालो हुँदा अझै राम्रो देखिन्छ ।

तर यो स्मार्टफोनको पछाडिपट्टकिो सिसाको कभर भने छिटै तथा सजिलै फोहोर हुने समस्याले भने सताउन सक्छ । अझ पाइन्टको पछाडिको गोजीमा राख्ने बेलामा त दुइपटक सोँच्नुपर्ने हुन्छ, किनकी पाइन्टको पछाडिको गोजीमा यो फोन राखेको बेला कतै बसिहालियो भने फोन फुट्न डर हुन्छ ।

Gionee-Elife-S7-hands-on-15

कार्यक्षमता, सफ्टवेयर अनुभव

अन्य जिओनी फोनमा जस्तै यसमा पनि एमिगो यु आइ सफ्टवेयर प्रयोग गरिएको छ । यसमा एप ट्रे उपलब्ध छैन त्यसैले एप्पलको आइओएस यु आइ जस्तै लाग्छ । कन्ट्रोल सेटिङ पनि स्क्रिनको पुछारमा छ भने नोटिफिकेसन सबैभन्दा माथि देखिन्छ । एपहरुलाई हेर्नका लागि दायाँ तथा बायाँ स्विप गर्न सकिनुका साथै आफुलाई चाहिएको एपलाई अगाडि ल्याउन सकिन्छ ।

एपलाई एउटा स्क्रिन अर्थात् डेक्सटपबाट अर्कोमा सार्नका लागि केवल एपमाथिको स्क्रिनमा अलिक कडा तरिकाले दबाउनुपर्छ, त्यसपछि त्यहाँ झिपझिप गर्न सुरु गर्छ अनि उक्त एपलाई अर्को स्क्रिनमा सार्न सकिन्छ, जुन स्क्रिनको सबैभन्दा माथिल्लो भागमा देखापर्छ ।

जिओनीले आफ्नो पछिल्लो स्मार्टफोनमा कतिपय नयाँ एपहरु थप गरेको छ, जुन वास्तवमा अनावश्यक लाग्छन् ।

यो स्मार्टफोनको अर्को समस्या भनेको यसको कन्ट्रोल सेन्टरको अवस्थिति नै हो । यो आइकन स्क्रिनको सबैभन्दा पुछारमा रहेको हुँदा त्यसलाई स्त्रिmनको माथिल्लो भागमा ल्याउन स्वाइप गर्नुपर्छ । यदि तपाइँले पूरानो एन्ड्रोइड युआइ सफ्टवेयर प्रयोग गर्ने गर्नुभएको थियो भने यो स्मार्टफोनको सफ्टवेयर प्रयोग गर्नु एउटा नयाँ सिकाइ हुनेछ ।

क्यामरा जिओनीको इलाइफ सेभेन स्मार्टफोनको सबैभन्दा राम्रो फिचर भन्नु नै यसको क्यामरा हो । १३ मेगापिक्सेलको रियर क्यामराले कुनै दृश्यमा मज्जाले फोकस गरेर राम्रो तस्वीर लिन सम्भव तुल्याउँछ । तपाइँ कुनै व्यवसायिक क्यामराम्यान होइन भने यो स्मार्टफोनको क्यामरामा रहेको प्रोफेसनल मोड भन्दा सामान्य शूटिङ मोड नै छनोट गरेर तस्वीर खिच्दा राम्रो तथा सजिलो सँग तस्वीर कैद गर्न सकिन्छ । यसमा रहेको ८ मेगापिक्सेलको प|mन्ट क्यामरा सेल्फीका पारखीहरुका लागि सबैभन्दा ठूलो उपहार हुनेछ । स्मार्टफोनका धेरै प्रयोगकर्ताहरुले अहिले स्मार्टफोनको सेल्फी क्षमतालाई हेरेर समेत स्मार्टफोन खरीद गर्ने गरेको अवस्थामा यो स्मार्टफोन सेल्फीप्रेमीको पहिलो रोजाइ हुनसक्छ ।

gionee_new_3

तर क्यामराको सबैभन्दा ठूलो कमजोरी भनेको यसको अत्यधिक संतृप्तता अर्थात् बढि रंग पोतिनु । रातो रङको फूलको तस्वीर खिच्नुभयो भने यसले फूललाई गाढा खैरो रातो रङमा बदलिदिनेछ । मर्न थालेको रुखका पहेँला पातलाई समेत अप्राकृतिक हरियो रङ पोतिदिन्छ । त्यसैले बढि वनाबटी रङ मन पराउनुहुन्न भने तपाइलाई जिओनीको यो स्मार्टफोनकेा क्यामरा राम्रो नलाग्न सक्छ ।

ब्याट्री- यो फोनको उत्कृष्ट क्षमतामध्ये एउटा हो यसको ब्याट्री । यसमा २७ सय मिलि एम्पिएर क्षमताको ब्याट्री प्रयोग गरिएको छ । त्यसैले दिनभरी नै यसमा इन्टरनेट चलाउँदा पनि तथा फोनमा बारम्बार कुराकानी गर्दा पनि यसको चार्ज पूरै दिन टिक्दछ । यसको सबैभन्दा राम्रो विशेषता भनेको धेरै प्रयोग गर्दा समेत यसको ब्याट्रीको चार्ज स्वात्तै घट्दैन ।

gionee_new_4

इलाइफ एस सेभेनको मूल्यस्तर तथा बजारमा उपलब्ध बजेट स्मार्टफोनहरुको आधारमा यो रोजाइको स्मार्टफोन हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?