Breaking News

नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

Feb Tue 2020 05:40:38

741 views

नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)ले नेपालमै पहिलो पटक 2075 साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ गर्न लागेको छ ।  साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ  समिटको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप सञ्चालन हुनेछ । प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन्, समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ,’ एनपीसर्ट अध्यक्ष एवं समिटका संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ । समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की–नोट लेक्चर रहने छ । समिटको की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेका छन् । यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुको समिटमा प्रस्तुति रहनेछ । थप जानकारीका लागि : www.npcert.org

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?