Breaking News

ब्लुटुथ अन राख्दा ह्याक पनि मोबाइल हुनसक्छ !

Feb Tue 2020 05:40:10

740 views

ब्लुटुथ अन राख्दा ह्याक पनि मोबाइल हुनसक्छ  !

सेक्युरिटी कम्पनी अर्मिसका शोधकर्ताहरुले  ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न एक मालवेयर पत्ता लगाएका  छन्  । ब्लुटुथयुक्त डिभाइसमा हमला गर्ने मालवेयरको नाम ब्लुबर्न हो । यसको माध्यमबाट ह्याकरले ती डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्दछ जसको ब्लुटुथ अन हुन्छ । ब्लुटुथमार्फत डिभाइसमा आक्रमण गरिसकेपछि ह्याकरले मोबाइल फोन वा अन्य स्मार्ट डिभाइसका डाटाहरु चोरी गर्न सक्दछ ।

अर्मिसका अनुसार ब्लुटुथ डिभाइससँग सम्बद्ध अन्य कैयन् भाइरसहरु समेत हुनसक्छन्, जो अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । तर पत्ता लागेका केही खतरनाक भाइरस चाहीँ यी हुन्ः

ब्लुबबिंग

यसको मालवेयरको आक्रमण निकै गम्भीर हुनसक्दछ । यो बगले ब्लुटुथको फाइदा उठाएर हमला गर्दछ । ब्लुबर्न यहीँ श्रेणीमा पर्दछ । यसको माध्यमबाट साइबर अपराधीले भाइरस पठाएर डाटा चोरी गर्न सक्दछ । ब्लुबर्नलाई प्रयोगकर्ताको सहमतिको आवश्यकता पर्दैन र उसले कुनै लिंकमा क्लिक गर्न पनि भन्दैन । केवल १० सेकेण्डमा ऊ कुनै सक्रिय ब्लुटुथ डिभाइसलाई नियन्त्रण लिन सक्दछ । अर्मिसले एउटा यस्तो एप्लिकेसन बनाएको छ जसले तपाइँको डिभाइस सुरक्षित छ या छैन भन्ने पत्ता लगाउँदछ । यो एप्लिकेसनको नाम ब्लुबर्न भल्नराबिलिटी स्क्यानर हो । यो एप गुगलको अनलाइन स्टोरमा उपलब्ध छ ।

ब्लु ज्याकिंग

अर्को खतरा हो ब्लु ज्याकिङ । यो ब्लुटुथसँग जोडिएका कैयन् डिभाइसमा एकसाथ स्पाम पठाउन सक्दछ । यसले पर्सनल इलेक्ट्रिक कार्डको माध्यमबाट मेसेज पठाउँदछ, जुन एक नोट वा कन्ट्याक्ट नम्बरको रुपमा हुन्छ । आमरुपमा यसले ब्लुटुथ डिभाइसको नाममा स्पाम पठाउँदछ ।

ब्लुस्नार्फिंग

यो ब्लुज्याकिंग भन्दा पनि खतरनाक छ । यसको माध्यमबाट सूचनाहरुको चोरी हुन्छ । यसको प्रयोग मूख्यरुपमा फोनबुक तथा डाटा चोरी गर्नका लागि गरिन्छ । यसको माध्यमबाट निजी मेसेज तथा तस्वीर पनि चोरी गर्न सकिन्छ । तर यसका लागि ह्याकरलाई प्रयोगकर्ताभन्दा १० मिटरभित्रको दूरीमा हुनु आवश्यक हुन्छ ।

कसरी सुरक्षित रहने ?

· माइक्रोसफ्ट, गुगल तथा लिनक्सले ब्लुबर्नबाट प्रयोगकर्तालाई जोगाउनका लागि प्याच रिलिज गरेका छन् । त्यसलाई इन्स्टल गर्नुहोस् । · आधुनिक उपकरणमा ब्लुटुथ कनेक्टिभिटीका लागि कन्फर्मेसन कोड आवश्यक हुन्छ, त्यसको प्रयोग गर्नुहोस् । · मोड टू ब्लुटुथको प्रयोग गर्नुहोस्, यो धेरै सुरक्षित छ । · आफ्नो डिभाइसको ब्लुटुथ नाम हिडेन मोडमा राख्नुहोस् । · प्रयोग नहुने बेला डिभाइसको ब्लुटुथ अफ गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?