Breaking News

एमालेका साथीहरुकोे पिटाई खाएपछि बुटवल झरेका लोकबहादुर टण्डनको रियल स्टोरी यस्तो

Feb Tue 2020 05:40:59

275 views

एमालेका साथीहरुकोे पिटाई खाएपछि बुटवल झरेका लोकबहादुर टण्डनको रियल स्टोरी यस्तो
  • वर्षमा एक पटक धानको भात, फाटेका लुगाले थुपै्र वर्ष गुजारेँ

  •  मैले मरणासन्य हुने गरि पिटाई खानु पनि मेरो प्रगतिको कारण

  •  अमेरीकाले भिसा दिएको भए म अमेरीका पलायन हुन्थेँ  

  लोकबहादुर टण्डन यति हेल्थ साइन्स एकेडेमी र ग्रिनसिटि हस्पिटलका अध्यक्ष हुन् । योसंगै झण्डै १० वटा उद्योग व्यवसायका मालिक पनि हुन् ।

गुल्मीको एउटा विकट गाउँमा जन्मिएका लोकबहादुर टण्डनले दुखको अनेक जंघारहरु काटे । बाल्यकालमा धानको भात भात दशैँ नै पर्खिनुपथ्र्यो उनले । लुगा फेर्न पनि दशैँ नै कुर्नुपर्ने बाध्यता गुजारेका उनले धनिका छोराछोरीहरुले नयाँ–नयाँ लुगा लगाएको देख्थे तर घाँस दाउरा गर्दा फाट्ने लुगाहरु टालेरै आफ्नो कपडा शोक पूरा गर्नुपर्ने बाध्यता सम्झदा गरिबिदेखि उदेक मान्थे । खुट्टामा चप्पल कहिले हुँदैन थियो । विद्यालयमा शिक्षकले घोक्न दिएको सारांशहरु घाँस काट्न गएका बेला घोक्दै घाँस काट्दै गर्थे । तत्कालीन कांग्रेस एमालेको द्धन्द्धका क्रममा मरणासन्य हुने गरि पिटाई खाएपछि गाउँबाट पलायन भएका उनले एक आफन्तसंग ऋण लिएर कोरिया पुगे र एक वर्ष दुख गरे । त्यसपछि अमेरीका जान खोजेका टंडनलाई ‘तँ अमेरीकाको भिसा पाउन योग्य छैनस्’ भन्ने दुतावासको जवाफले देशमै केही गर्ने संकल्प जगाइदियो । त्यसपछि आफ्नै काम गर्न सुरु गरे । आज उनको पूरा लगानी र आंशिक लगानी रहेका झण्डै आधा दर्जन कम्पनि र संघसंस्थाहरुमा ५ सयभन्दा बढि युवालाई रोजगारी दिएका छन् । यो सफलता प्राप्त गर्न उनले केकस्ता संघर्ष गरे त ? प्रस्तुत छ, राष्ट्रिय खबरका लागि पत्रकार नवराज कुँवरले उनै टण्डनसंग गरेको कुराकानीको अंश ।

धानको भात खान चाड पर्व आउनुपथ्र्यो, घाँस काट्दै सारांश घोक्दै भनिन्छ जीवन एउटा चक्र हो । यो घुमिरहन्छ । घुम्ने क्रममा कहिले सुख र कहिले दुख मानिसले सामना गर्नुपर्छ । तर सुरुमा जसले बढि दुख र संघर्ष झेल्न सक्छ, जसले जीवनको लक्ष्य प्राप्तीका लागि जोखीम मोल्न सक्छ उही सफल हुन्छ भन्ने भनाईलाई पुष्टि गर्ने एउटा उदाहरण हुन् लोकबहादुर टण्डन । गुल्मिको विकट गाविस दर्दिनेटा ६ चोहेघामा एउटा समान्य परिवार जन्मिएका लोकबहादुर आफ्नो बुवाका कान्छीपट्टिका जेठा छोरा हुन् । उनीसहित उनकी आमाले १२ सन्तानलाई जन्म दिएकी थिइन् । तर गरिबिकै कारण ४ जना भाई र १ बहिनी गुमाए उनले । ‘त्यतिबेला झारफुकको जमाना थियो ।’ उनी भन्छन् ‘गरिबी र अशिक्षाकै कारणले पनि मेरा भाईबहिनिहरु गुमाएँ ।’ घरको आर्थिक अवस्था राम्रा थिएन । उनका बुवा सामान्य किसान थिए । योसंगै लोकबहादुरको बुवाले गाउँमा एउटा सानो खुद्रा पसल पनि चलाउथेँ । लोकबहादुरको बाल्यकाल एकदमै दुखपूर्ण थियो । उनीहरुले धानको भात खान चाडपर्व कुर्नुपथ्र्यो । लुगा फेर्न पनि दशैँ नै पर्खनुपथ्र्यो । खुट्टामा कहिले जुत्ता जप्पल हुदैन थियो । खाली खुट्टै हिड्नुपथ्र्यो । वर्षभरि आँटो खाएरै बाँच्नुपर्ने र फाटेको लुगा सिलाएरै लाज छोप्नुपर्ने अवस्था थियो । लोकबहादुर आफ्नो बाल्यकाल सम्झदै भन्छन्, ‘धानको भात घरको मुलीलेमात्र खान्थे उतिबेला, हामी त त्यसै पनि गरिब थियौँ । धान धेरै नहुने भएकाले हामीले धानको भात खान पाउने कुरा टाढै थियो । लुगा लगाउन पनि दशैं नै आउनुपथ्र्यो । नभए फाटीहाल्यो भने सिलायो अनि लगायो ।’

पढ्छस् भने विहे गर हैन भने नपढ संघर्षपूर्ण बाल्यकाल गुजारेका उनले स्थानीय लम्छामा रेहको सरस्वती विद्यालयबाट पढाई सुरु गरे र सिरिङगाको जनजागृति निमाबिबाट ७ कक्षा पास गरे । पढाईमा सामान्य लोकबहादुरले ७ कक्षा पास गरेपछि बनारस गएर पढ्ने विचार गरे । त्यसपछि त्याहाँस्थित उनका भिनाजुलाई सम्पर्क गरे र सन १९७८ सालमा भिनाजुको सहयोगको आसामा उनी बनारस पुगे । उनी सम्झन्छन् ‘त्यतिबेला बनारसमा ५० रुपैयामा एक महिना खाना पाइन्थ्यो । त्यो पैसा भिनाजुले नै तिरिदिनुहुन्थ्यो ।’ उनले स्मरण गरे, ‘अस्ति केही समय अगाडी भिनाजुले फोन गरेर त्यो पैसाको पारेमा कुरा गर्नुभयो । मैले सोधेँ, ‘कति दिनुपर्ने छ मैले भिनाजु ?’ उहाँले भन्नुभयो ‘११ हजार’ । मैले ३० हजार पठाइदिएँ । किन भने त्यतिबेलाको ११ हजार अहिलेको ३० हजारभन्दा के कम ?’ भिनाजुको साहारामा दुई वर्ष बनारस बसेपछि बृद्ध बुवाले घर आउन उनलाई बोलाए । त्यहाँबाट उनी घर फर्केर फेरि पढ्ने विचारमा थिए तर उनका बुवाले उनीमाथी एउटा सर्त तेस्र्याए, ‘अब बाँकी पढ्छस् भने विहे गर, हैन भने तँ नपढ ।’ उनी सम्झन्छन्, घरको जेठो छोरा भएकाले सायद बुवाले मबाट त्यो अपेक्षा गर्नुभएको थियो ।’

गरिबिबाट दिक्क भएर परिवर्तनको आन्दोलनमा

बाध्य भएर उनले विहे गरे । त्यसपछि उनले आफ्नो बुवाको व्यापारमा संलग्नता जनाए र समान्य ढंगबाट जिविका चलाईरहेका थिए । गरिबहरुको लागि राजनीतिक परिवर्तनले केही राहत देलाकि भन्ने हेतुले तत्कालीन राजनीतिक परिवर्तनको संघारमा देश रहेका बेला त्यो परिवर्तनको पक्षमा भएको २०४६ सालको आन्दोलनमा उनी सरिक भए । उनले गाउँबाट बुटवल गए, जहाँ आन्दोलनको ठूलो जमात थियो । त्यतिबेला उनको हातमा कांग्रसको झंडा पर्यो । उनी सम्झन्छन्, त्यतिबेला जसको हातमा जुन पार्टीको झण्डा पथ्र्यो, ऊ त्यही पार्टीको हुन्थ्यो । त्यसपछि उनलाई सबैले कांग्रेस भन्न थाले । २०४७ साल पौष ३ गते उनले तत्कालीन एमाले नेता र कार्यकताहरुद्धारा मरणासन्य हुने गरि पिटाई खाए । बलेटक्सार भन्ने ठाउँमा उनलाई समाते र कांग्रेस भन्दै एक हजारभन्दा बढि संख्यामा भेला भएका एमाले कार्यकर्ताहरुले पिटे र साथमा भएको पैसा समेत लुटिदिए । उनलाई बाँधेर पिट्दै सिरिङगा पु¥याए । उनले आँखाभरि आँसु पार्दै भने, मलाई पिट्दै पिट्दै सिरिङगाको देउराली मावीमा पु¥याए, मलाई धेरै पिटे । मेरो मुखमा थुकिदिए । म बाँच्छुजस्तो लागिरहेको थिएन । त्यो विद्यालयको छेउमा घर भएका एकजना मेरा साथी हुनुहुन्थ्यो हरि कँडेलजी । उहाँलाई मैले भने हरिजी मलाई बचाउनुस्, तपाईले भन्नुभयो भने मलाई छाडिदिन्छन् । म उनको पाउ परेँ । तर उनले उता जानुस भनेर धकेले । अब मलाई झन् बाँच्छुजस्तो लागेको थिएन । मेरी आमाले कहाँबाट थाहा पाउनुभएछ र आएर बरु मलाई मलाई मार मेरो छोरालाई छाडिदेउ भनेपछि उनीहरुले घरको बरंडामाथी चढाएर कांग्रस चोर देश छोड भन्न लगाए । म जीवन पाउनका लागि सबै कुरा भन्न विवस थिएँ । त्यसपछि मलाई छाडिदिए । फेरि पिट्न आउलान भन्ने भयले म भागेर बुटवल पुगे ।

पिटाई खाएपछि व्यापारमा त्यति पिटाई खाएपछि उनी बुटवल गए । त्यहाँबाट आफन्तहरुसंग ऋण गरेर कोरिया गएर एक वर्ष काम गरे । उनी निकै मेहनती थिए । पैसा धेरै खर्च गर्दैन थिए । त्यसैले उनले एक वर्षमा ८ लाख जम्मा पारे । एक वर्षपछि कोरियाबाट फर्केर उनले बुटवलमै ग्लास हाउस खोलेर व्यवसाय सुरु गरे । व्यवसाय राम्रै हुँदै गएपछि जग्गाको कारोबार, घर खरिदविक्रिमा लागे । त्यो व्यापारबाट पनि उनलाई राम्रै थियो । २०६४ सालमा अलिअलि पैसा जम्मा गरेर उनी अमेरीकाको भिसा लाउन भनेर काठमाडौँ आए । तर अमेरीकी दूतावासले भन्यो ‘तिमि भिसा प्राप्त गर्न योग्य छैनौ ।’ त्यसपछि उनले काठमाडौँको जडिबुटिमा अर्को पनि ग्लास हाउस खोलेर व्यवसायलाई नै निरन्तरता दिए ।

काम गरे के हुँदैन rastriya५ उनी भन्छन्, यदि मलाई एमालेका साथीहरुले नपिटेको भए मेरो चेत खुल्ने थिएन, म गाउँमै अल्झिन्थेँ । म बुटवल झर्थेँ कि झर्थिन । यदि मलाई अमेरीकाले भिसा दिएको भए म नेपाल फकिन्थे कि फकिन्न थिएँ । प्रगतिको लागि मान्छेले हन्डर खानैपर्ने रहेछ ।

टण्डन ब्राण्ड हिँजो खान धौधौ पर्ने बाल्यकाल गुजारेका लोकबहादुरले अहिले चर्चित यति हेल्थ साइन्स एकेडेमी, ग्रिनसीटी हस्पिटल, टण्डन ब्राण्डका नाममा टण्डन साडी स्वरुम, टण्डन सप्लायर्स, टण्डन ग्लास, टण्डन फर्नीचर उद्योगलगायतका १० वटा पसल तथा उद्योग संचालन गरिरहेका छन् । यति हेल्थ साईन्स र ग्रिनसिटिका उनी अध्यक्ष हुन् भने अन्य कम्पनि, उद्योग तथा व्यवसायका मालिक हुन् । उनको अथक मेहनत र प्रयासले अहिले उनको पूरा लगानी रहेका र आंशीक लगानी रहेका कम्पनि संघसंस्थाहरु गरेर पाँच सयभन्दा बढिले रोजगारी पाएका छन् ।

समाजसेवामा पनि टण्डन उनी आजभोली समाजसेवामा पनि लागेका छन् । उनको ग्रिनसिटि हस्पिटलमा अहिले महिनामा कम्तिमा दुई जना गरिब विरामीको उपचार निशुल्क गरिन्छ । गाविसबाट गरिब भएको प्रमाणपत्र लिएर आए शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि अस्पतालले निशुल्क गरिदिने उनी बताउँछन् । त्यस्तै उनले विभिन्न अक्षय कोषका लागि समेत सहयोग गर्ने गरेका छन् । उनी भन्छन्, ‘पैसामात्रै कमाएर के गर्नु । खुशीको लागि आत्मसन्तुष्टि चाहिन्छ । आत्मसन्तुष्टि अरुको सेवाबाटमात्र मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?