Breaking News

नेपाल–अंग्रेज यूद्घमा सिन्धुलीगढी

Feb Tue 2020 05:40:57

397 views

नेपाल–अंग्रेज यूद्घमा सिन्धुलीगढी

तत्कालीन समयमा इस्ट इन्डिया कम्पनीले उत्तरभारतको बंगाललाई अपार साधन र श्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । जसको छिमेकमा टुक्रा टुक्रा भएको सानो राज्य नेपाल पनि पर्दथ्यो । अंग्रेजको कुत्सित आसयलाई बंगालका तत्कालीन शासक मिरकासिम, अवधका नवाव तथा मुगल सम्राट मिलेर करिब ६० हजार फौजीदस्तासहित यूद्घारम्भ गरे । उता कम्पनीले करिव ७०७२ को सेनाको सहयोगले २२ अक्टोबर १७६४ मा भारतको बक्सार भन्ने स्थानमा त्यो घमासान युद्घको डटेर प्रतिकार ग¥यो, अन्तत्वोगत्वा कम्पनीतर्फकै जित भयो । बक्सारको युद्घमा भएको भारतीयहरुको मोर्चाको हारले भारतको भविष्य र सार्वभौमसत्तालाई अंग्रेजको पोल्टामा राखिदियो । यो पराजयले एकातिर २०औँ शताब्दीको मध्यसम्म भारतलाई अंग्रेजको गुलाम भएर बस्नुपर्ने भाग्य यही यूद्घमा भएको हारले कोरिदियो भने अर्काेतर्फ अंग्रेजहरुमा यो विजयले मात लाग्न थाल्यो । यता पृथ्वीनारायण शाह नेपाल एकीकरणको अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै आइरहेका थिए । उनले दुई शक्तिशाली राज्यहरु मकवानपुर र कीर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खाराज्यमा गाभेपछि निश्चय नै कान्तिपुरलाई दख्खल गर्नुपर्ने बाध्यता आइसकेको थियो । यस अवस्थामा उल्टै तत्कालिन कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिन वंगालका गभर्नरसँग फकिर रामदास र उमदा (मुसलमान ब्यापारी) लाई दूत बनाई सहयोगको याचना गरे । भारतमा बक्सारको विजयमदमा मस्त भएको अंग्रेजको आँखा स्वाभाविक रुपले बंगालनजिकैको सानो तथा प्राकृतिक स्रोतको बिपुलता भएको देश नेपालतिर गाडिन थालेको थियो । जयप्रकाश मल्लले गोर्खाविरुद्घ लडन आवश्यक पर्ने सैनिक सहयोगका लागि गरेको याचनाले इस्ट इन्डिया कम्पनीअन्तर्गत बंगालका तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टलाई ‘के खोज्छस् काना आँखो’ भनेजस्तै भयो । ह्यारीले जयप्रकाश मल्लका दुईजना दूतहरुसँग कान्तिपुरको अवस्थिति मागे । ‘गोर्खासँग कूल पाँच हजार लडाकू सैनिकहरु छन्, जसमध्ये दुई हजारजना नेपाल खाल्डोमा छन्,’ गभर्नर ह्यारीलाई फकिर रामदास र उमदाले कान्तिपुर र गोर्खासम्बन्धी सूचना दिए, ‘पटनादेखि पनौतीसम्म ९६ कोस छ र यो ११ वटा बिसौनीमा पूरा हुन्छ ।’ यी सबै सूचना तथा फेहरिस्तपश्चात सामान्य छलफल गभर्नर ह्यारी वेरेल्स्टले सहयोगका लागि स्विकृती प्रदान गरे र कलकत्ताबाट कप्तान किनलोकको नेतृत्वमा कम्पनीतर्फका र भारतीयतर्फका गरी करिव २४०० सेनाहरु १८ कम्पनीमा विभाजित भई काठमाडौँतर्फ चल्यो । वास्तवमा सिन्धुलीगढीको युद्व गोर्खालीको लागि जीवन कि मरणको युद्व थियो । त्यसैले पृथ्वीनारायण शाहले यस युद्वमा चुनिएका र विश्वासी सेनानायकहरु पठाएका थिए । कीर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी बंशराज पाण्डे(कालु पाण्डेका साखै छोरा)लाई दक्षिणी मोहडातर्फको आरम्भकै दुर्ग पौवागढीमा तैनाथ गरिएका थिए । पौवागढी सिन्धुलीगढी क्षेत्रको सवैभन्दा संवेदनशील स्थानमा छ । यसैगरी सिकारी अफिसर वंशु गुरुङ्ग र खजान्ची वीरभद्र उपाध्यायमाथिको दुर्ग ठूलो गढीमा तैनाथी थिए । यस यूद्घमा गोर्खालीहरुले आफ्नो बहादुरी र साहस देखाए । किनलोक नेतृत्वको कम्पनी सेनाको नराम्रोसँग पराजय भयो । १६०० कम्पनी सेनाहरु यस यूद्घमा मारिए भने कप्तान किनलकसहित बचेका ८०० सेनाहरु रौतहटमा वसी मालपोत उठाउन थाले ।

सिन्धुलीगढीको युद्घ (क्याप्टेन किनलोकको दैनन्दिनीबाट )

नेपाल अभियान सुरु गर्नुपूर्व किनलकले पटनास्थित सेलेक्ट कमिटीलाई वि.सं. १८२४ आषाढमा एउटा विवरण पेस गरेका थिए । विवरणको शीर्षक A short account of the present situation of Napaul and distress of Jay Percass Mull the Rajah, taken from his Vakeels Muktan Unda and Faquir Ramdoss थियो । यो शीर्षकमा जयप्रकाश मल्ल, उमदा तथा फकिर रामदासको उच्चारण अलि फरक देखिन्छ । क्याप्टेन किनलकले पेस गरेको यही तथ्यलाई आधार मानेर कलकत्ताको फोर्ट विलियमस्थित तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टले स्विकृती दिएका थिए । किनलकले पेश गरेको विवरणलाई संक्षेपमा यसरी प्रस्तुत गरिएको छ ।

नेपाली दुतहरु (उमदा तथा फकिर रामदास) भन्छन्– गोर्खाली राजा पृथ्वीनारायण शाहले कान्तिपुरवरिपरिका सबै साना राज्यहरुलाई जितेर अब स्वयं कान्तिपुर राज्यलाई दख्खल गर्ने सुरमा छन् । गोर्खालीहरुको अवरोधको कारण आफ्नो राज्यमा जनताहरुलाई आवश्यक पर्ने खाद्यान्न लत्ताकपडाहरुसमेत अहिले कान्तिपुर ल्याउन कठिन छ । त्यसैले यस समस्यापूर्ण घडीमा अंग्रेजहरुको सहयोग कान्तिपुरलाई अति आवश्यक छ । गोर्खालीहरुसँग कुल मिलाएर ५० हजार जति मात्र सेना छन् त्यसमध्ये ३० हजार सेनाहरु आफ्नै राज्यहरुको सुरक्षामा छन भने बाँकी २० हजार सेना लडाइँका लागि तयार छन् । हतियारको नाममा यी सेनाहरुसँग धनुष र काँण मात्र छ र अहिलेको समयमा यी सेनाहरु गोर्खाली राजाले उपलब्ध गराएको जमिनमा मकै छर्न तल्लिन छन् । नेपालका दुतहरु हामीलाई एक महिना वा तीन हप्ता जति लाग्ने यात्रामा जीवन दिएर पनि सहयोग गर्ने अवस्थामा छन् । मनसुनमा बाटाहरु झ्याडीहरुले थुनिन सक्छ । तर, मनसुनभन्दा पछाडि अभियान सुरु गर्ने हो भने त्यस वेलासम्म कान्तिपुर गोर्खाको हातमा गइसक्नेछ । गोर्खालीले एक महिनाजति अगाडि लम्जुङ र तनहुँ खोसेर लगिसकेको र यहाँबाट आउने खाद्यान्नको अभावले कान्तिपुरको ठूलो जनसंख्यालाई भोकमरिको अवस्था सृजना हुन सक्ने कुरा अवश्यम्भावी छ ।

क्याप्टेन किनलकले पटनास्थित सेलेक्ट कमिटीका अध्यक्षलाई पटनादेखि होजपुर, दरभंगा, बोवा, जनकपुर, जलाउदेवास, रानीबास, सिन्धुली, खुर्कोट, झाँगाझोली, दाप्चाहुँदै पनौतीसम्म ९१ कोस यात्रा तथा दूरी रहेको विवरण पेस गरेका थिए । रसद पानीसहित दूरीको विवरणसँगै किनलकले पटनादेखि जलाउदेबाससम्मको बाटो एकदम राम्रो भएको, जलाउदेबासदेखि सिन्धुलीसम्मको दूरी घना जंगलको बाटो भए पनि तोपहरु पार गराउन सकिने बाटो भएको र सिन्धुलीदेखि नेपालसम्मको बाटो एकदम राम्रो डाँडाहरु तथा ठूला नदीहरु पार गर्नु नपर्ने व्यहोरा पेस गरेका थिए । यो अन्तिम विवरणमा किनलक झुक्किएका छन् । जसले गर्दा उनको नेपाल अभियान दुःखपूर्ण किसिमले अन्त्य भएको थियो । यिनै विवरणहरुका आधारमा कप्तान किनलकलाई नेपाल अभियानको लागि पटनास्थित फोर्ट विलियमबाट स्विकृती प्राप्त भयो र वि.सं. १८२४ को भाद्र महिनामा किनलकले जयप्रकाश मल्लका दुई दूतहरु उमदा र फकिर रामदाससहित अंगे्रजी अफिसर्स, इन्डियन सेनाहरु (जसलाई उनीहरु ब्लाक अफिसर्स भन्थे), भरियाहरु तथा केही स्वास्नी मानिसहरुसहित करिव २४०० भन्दा बढीको संख्यामा नेपाल अभियान सुरु गरे । भारतीय भूमिहरुमा नेपालबाट बगेर गएका नदीहरु गण्डकी त्यसपछि दरभंगामा कमला र बाग्मती नदीहरु तर्दै किनलोकको फौज वि.सं. १८२५ भाद्र २५ गते दरभंगा आइपुग्यो । दरभंगामा किनलकलाई बाटोको लागि रसदपानीको ब्यवस्था गर्नुपर्ने थियो । सोही अनुरुप उनले दरभङ्गाको नून प्रतिनिधि (क्बति बनभलत) लियथ्यूलियरलाई भेटे । लियथ्यूलियर एक सक्षम एवं इमानदार कम्पनीका सरकारी कर्मचारी थिए । उनले अभियानका लागि आवश्यक पर्ने रसद पानीको लागि विश्वस्त रहन अनुरोध गरे । दरभंगाको पानीले केही सैनिकहरु बिरामी भए तर फकिर रामदासले चिराइतो पानी खुवाउन अनुरोध गरे । यस उपचारवाट सैनिकहरु सलामत भएकोले किनलोक फकिरसँग अझ विश्वस्त भए । दरभंगामै किनलकलाई उनको हलकाराले एउटा निरास खबर सुनायो । जनकपुर र उत्तरतिरका पहाडका बीचमा भएका मानिसहरु पहाडियाहरुको आक्रमणले हिजोआज पूर्ण रुपमा विस्थापित भएका छन् । उनीहरुले घरमा एक दाना पनि खाद्यान्न राखेका छैनन् । किनलकलाई अर्काे समस्या आइप¥यो । उनी जनकपुरमा प्रशस्त रसद पानी भरेर सिन्धुलीसम्म पुग्ने आशामा थिए । वास्तवमा यो आक्रमण गोर्खालीहरुले नै गरेका थिए । उनीहरुले अंग्रेजहरुलाई रसदपानीबाट बञ्चित गराउन यो रणनीति अपनाएका थिए । वि.सं. १८२४ असोज ३ गते किनलक जनकपुर आइपुगे । जनकपुरमा एउटा पेगोडा स्वरुपको मन्दिर जसको वरिपरि माटोले बनेको साना किल्लाहरु थिए । वास्तवमा यही मन्दिर नै आजको जानकी मन्दिर थियो । जनकपुरमा किनलकले त्यहाँका सर्वसाधारणहरुलाई भेटे । पाहाडियाहरु (गोर्खालीहरुको) आक्रमणबाट बचाउने कुरामा विश्वस्त गराए । उपस्थित सबैलाई सुपारी दिए । जनकपुरमा खाद्यान्न थिएन । उनले खाद्यान्नका लागि भर गरेका दानदेव चौधरीको नामनिसान त्यहाँ थिएन ।  किनलकले दानदेवलाई धम्कीपूर्ण पत्राचार पनि गरे । जनकपुरमै किनलकले सिन्धुलीमा गोर्खालीहरु ३०० को हाराहारीमा भएको पत्तो पाए र यो पनि थाहा पाए कि गोर्खालीपक्षका धेरै मानिसहरु जंगलभित्र र सिन्धुलीका बस्तीहरुमा छन् जो आवश्यक पर्दा तुरुन्त भिडन्तमा सरिक हुनेछन् । सिन्धुलीगढीको किल्लामा रहेका किलेदार चम्पनसिं थापाले पृथ्वीनारायण शाहलाई किनलकको जनकपुरको उपस्थितिको बारेमा खबर गरिसकेको समाचारले रात रहे अग्राख पलाउँछ भन्ने सोचले किनलकले आफ्नो एक बटालियनलाई भोलिपल्ट बिहानै सिन्धुलीतिर लाग्न आदेश दिइसकेका थिए ।   असोज ५ गते ३ बजेतिर सिन्धुलीको यात्रा सुरु भयो । बाटामा जयप्रकाश मल्लको चिठ्ठी किनलकले पाए । जतिसक्दो चाँडो अभियानलाई अगाडि बढाउनुप¥यो भन्ने आसय थियो । बाटो घना जंगलले भरिभराउ थियो । ३० फिट गोलाई भएका अजंगका रुखहरु देखेर किनलकले त्यसलाई पानीको ब्यवस्था भए भारतसम्म लान सकिने सोच पनि बाटामा बनाएका थिए । कुचकै अवसरमा एकदिनको राज किनलोकको बास रातुको दमारजस्तो ठाउँमा भएको थियो । त्यस रातको अविरल पानी तथा चट्याङले एक्कासी खोला बढेर सिपाहीहरु, खाद्यान्न तथा हातहतियारसमेत बगायो । यही बाढीले किनलकलाई समेत बगायो । तर, भाग्यबस केही फिट तल उनलाई रातुले खोलाले पाखा लगायो । बाढीको विभिषिकाले अभियानमा निकै ठूलो क्षति भयो । किनलक निकै हतास भएका थिए । यो क्षतिको परिपूर्ति गर्न कठिन देखिएकोले किनलकले नेपाल अभियानलाई त्यही रोक्ने विचार पनि गरेका थिए ।   असोज १० गते किनलोक नाइटोसम्म पुग्ने कमला नदीको भेललाई ३२ पटक तरेर सिन्धुली आइपुगे । सिन्धुलीमा त्यस वेला पनि थुप्रै घरहरु थिए । ठूलो फाँटमा धान खेती भएको थियो । किनलकले केही सेनालाई त्यही राखेर गढीतिर नै बढे । करिब एक माइल जति माथि पुगेपछि उनको भेट लेफ्टिनन्ट होगानसँग भयो । होगानले भने सिन्धुलीगढीमा शत्रुहरु अहिले कोही पनि छैनन् । हाम्रो पाँच वटालियनलाई ब्लाक अफिसरको सन्कीपनले गोर्खालीहरुले नराम्रोसँग भगाइदिए । होगान आफैँ पनि निरास भएका थिए । उनले भने सिन्धुलीगढीमा शत्रुहरु अहिले कोही पनि छैनन् । हाम्रो पाँच वटालियनलाई हाम्रो एउटा ब्लाक अफिसरको सन्कीपनले गोर्खालीहरुले नराम्रोसँग भगाइदिए । हाम्रा सेनाहरु सबै फर्केर क्याम्पमा आइपुगेका छन्  । हाम्रा सेनाहरु गोर्खालीहरुको पाशुवत ब्यवहारले यति भयभित र आक्रान्त छन् कि सबै युद्घको त्यो विभिषिका सम्झने स्थितिमा छैनन् । सिन्धुलीगढीमा त्यो पाँच वटालियनसँग भएको यूद्घमा कम्पनीसेनाका विशेषगरी ब्लाक अफिसरहरु गोर्खालीको प्रतिकारमा परेका थिए । भागेर ढुंगामा लुकेका सेनाहरुलाई संगीनले घोची–घोची मारेको र भीरबाट खसेर अनन्त गहिराइमा पछारिएको दृष्यहरुले कम्पनी सेनाहरु भयभित थिए । यी सबै घटनालाई पुनर्मूल्यांकन गर्दै किनलकले पुनः हार्डीलगायत अरु साहसी सेनाहरुलाई सिन्धुलीगढीमा पुनः आक्रमण गर्न तीनतिरबाट खटाए । ढनमनातिरबाट गएको फौजले डाँडाको टापुबाट गोर्खालीहरुको गढी देखे । किनलकको भनाइमा त्यो गढी अत्यन्त अस्वस्थकर ठाउँ थियो । दिउँसोको समयमा अत्यन्त गर्मी हुन्थ्यो, रातमा भारतको केही ठाउँहरुको जनवरी र डिसेम्बर महिनाको जस्तो जाडो हुन्थ्यो । कुहिरोले केही देखिँदैन थियो । उनको रेकीमा गढीमा पुग्न कुनै जीवित प्राणीले पनि सक्छ जस्तो थिएन । अन्त्यहीन भिरको टापूमा गढी थियो । गढीसम्म पुग्ने बाटोको माटो यति कमजोर लाग्थ्यो कि टेक्नेबित्तीकै चिप्लिएर त्यही अन्त्यहिन भिरको फेदमा विश्राम लिनुपर्ने थियो । वास्तवमा किनलक यस गढीबाट काठमाडौँतिर जाने कुरामा हतास भइसकेका थिए । एकातिर रसद पानीको अभाव र दुर्भेध्य गढी थियो भने अर्काेतिर विकराल समस्या त उल्लेख्य संख्यामा सैनिकहरु बिरामी र भोकले आक्रान्त थिए । यस्तो गढी र गोर्खालीहरुको उपस्थितिको बारेमा किनलकलाई जयप्रकाश मल्लका दूतहरुले पटनामा केही सूचना दिएका थिएनन् । यो कुरामा पनि किनलकलाई झोक चलिरहेको थियो । उनले फकिर रामदासलाई त्यही वोलाएर यस सम्बन्धमा बेस्सरी झपारे । किनलक भन्छन्, ‘मेरो गालीले रामदास रोए । रामदासले भने म भारत गएदेखि आजका मितिसम्म यस दुर्गबाट ७०० भन्दा वढी सन्यासीहरु काठमाडौँ पुगिसके तर तिनिहरुले यस ठाउँमा गोर्खालीहरुको उपस्थिति कसैले देखेका छैनन् । म भारत जाँदा पनि देखेको थिइन । हाम्रै हलकाराहरु पनि यस ठाउँबाट आवत जावत गरिरहेका छन् तिनीहरुले पनि गोर्खालीहरु यहाँ देखेको कुरा भनेनन् । यो त गोर्खालीहरुले हालैमा गरेको निर्णय हो ।’ गढीबाट पार गर्न नसक्ने निक्र्याेल गरेपछि क्याप्टेन किनलकले काठमाडौँ पुग्ने हरिहरपुरगढीको बाटो रोजे । रात–बिरात, खोलाको भेल अनेक दुःखकष्ट सहँदै किनलक आफ्ना सहयोगी फौजहरुसहित हरिहरपुरगढी पुगे तर त्यहाँ पनि कठिन भुबनौट, भोक, सैनिक निरासा र आत्महत्याजस्ता प्रमुख कारणले किनलकको यतातर्फको अभियान पनि निरासापूर्ण भयो । उनी गोर्खाली अगाडि उभिन सकेनन् र तलहट्टीतिर लागे ।

क्याप्टेन किनलक को थिए ?

 

सिन्धुलीगढीको लडाइँमा इष्ट इन्डिया कम्पनीको तर्फबाट सैन्य नेतृत्व गर्ने प्रमुख व्यक्ति क्याप्टेन किनलक थिए । नेपाल एकीकरणको इतिहासमा यिनको नाम नलिँदा इतिहास अधुरो हुन्छ । आखिर यिनको परिचय के हो त ? किनलक एक स्कटीस नागरिक थिए । उनको बुवाको नाम डेभिड किनलक र आमाको नाम इजाबेल थियो । उनको एक भाइ तथा एक बैनी थिए । भाइ चाल्र्स तत्कालिन समयमा बंगालको सेनामा कार्यरत थिए भने बैनी सेसिलिया स्कटल्यान्ड मै थिइन् । किनलक सन् १७६० को फरबरी ४ मा लेफ्टीनन्ट भएर सेवा प्रवेश गरे भने त्यसको चार वर्षपछाडि अर्थात् सन् १७६४ को एप्रील ११ मा मद्रास इस्टेब्लिस्मन्ट कमिसनले उनलाई क्याप्टेन बनायो । भारतको बक्सार र बंगालको नबाबहरुविरुद्घ भएका लडाइँहरुमा क्याप्टेन किनलकले देखाएको विरता र सौर्यको प्रशंसा कम्पनी सरकारले गरेको थियो । क्याप्टेन पदसँगै उनी सन् १७६४ को मे महिनामा बंगालमा खटिए । यसै समयमा बट्टामा भएको विद्रोहको तिक्तताबाट उनले सेवाबाट राजीनामा पनि दिएका थिए । पछि उनको पुनरवहाली भयो । क्याप्टेन किनलक सुझबुझ भएका, चलाख एवं बुद्घिमतापूर्वक काम गर्ने साहसी फौजी थिए । उनलाई जंगल तथा पहाडी भूमिमा गर्ने यूद्घको कुनै अनुभव थिएन । त्यसैले नै नेपाल अभियानको पूर्व सन्ध्यामा आफू रणमैदानबाट फर्किने वा नफर्किने कुरामा संदेह भएर आफ्नो सारा सम्पतिक�

News Source  http://clicksindhuli.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?